दार्चुलाको  ब्यास  गाउँपालिका –२ स्थित मालघाटबाट ३३ वर्षीय जयसिंह धामी  महाकालीमा ख’सेर बे’प’त्ता  भएको घ’ट’ना’मा  भारतले   आफ्ना     सुरक्षाकर्मीको   संलग्नता अस्वीकार  गरेको छ । शनिवार  दार्चुलाका  प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै पिथौरागढका

जिल्ला अधिकारी आनन्द स्वरुपले एसएसबीको संलग्नता अस्वीकार गरेका हुन्  । मालघाटबाट   तुइनमार्फत   भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउँदै गर्दा एसएसबी का  ज’वानले  तुइनको  डोरी का’टे’पछि  धामी  महाकाली नदीमा ख’सेर बे’प’त्ता भएका थिए । तर,

आनन्द  स्वरुले  दार्चुलाका  प्रमुख  जिल्ला  अधिकारीलाई लेखिएको  पत्रमा भनिएको छ– ‘एसएसबीले तुइन काट्दा मान्छे खसेको  भन्ने हल्ला एकदमै ग’ल’त छ ।’  दार्चुलाकी सहायक  प्रमुख  जिल्ला अधिकारी  ज्योत्स्ना भट्ट जोशीले भारत  पक्षले  जिल्ला  प्रशासन कार्याल य दार्चुलालाई पत्र पठाएको पुष्टि गरिन् ।

जोशीले रातोपाटीसँग भनिन्– ‘जवाफ आएको छ, पिथौरा गढका  जिल्ला   अधिकारीले  हिजोको घ’ट’ना  सम्बन्धमा एसएसबीको टोली घटनास्थल पुग्नुभन्दा अघि नै दु’र्घ’ट’ना भएको   जानकारी  गराउनुभएको  छ ।’ भारतले यसअघि पनि अनधिकृत तुइन हटाउँदै आएको जानकारी गराउँदै

शुक्रवार    करिब  ३०  मिटर   तलबाट   मानिस  कराएको आवाज सुनेपछि पट्रोलिङमा जाँदा मानिस नदीमा खसेको थाहा  पाएको  दा’बी  गरेको छ । भारत पक्षले पनि नदीमा बे’प’त्ता  युवा  खोज्न  टिम  गठन   गरेको  नेपाल पक्षलाई जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News