‘काठमाडौँ १७ साउन । नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कमिटी बैठक १० दिनपछि सारेको छ । आज आइतबार बसेको स्थायी कमिटिको बैठकले यो निणर्य गरेको हो ।’

‘आउँदो साउन २० गतेका लागि तय गरिएको केन्द्रीय कमिटी बैठक अब साउन ३० गतेलाई तय गरिएको जनाइ एको छ ।छ हजार सात सय ४३ वटा वडामा साउन ३० गतेभित्र पार्टीको वडा…

‘कमिटी गठन गर्न समेत मातहात कमिटीलाई आजको बैठकले निर्देशन दिएको छ ।गठन गरेको वडा कमिटिको जानकारी प्रदेशस्थित केन्द्रीय सदस्यलाई दिन निर्देशन दिएको छ ।

यो पनि,,किरण केसीलाई ‘वासुदेव लुइँटेल पुरस्कार’ प्रदान गरिने

यस बर्षको ‘वासुदेव लुइँटेल पुरस्कार’ हाँस्य कलाकार किरण केसीलाई प्रदान गरिने भएको छ । ‘बासुदेव–विद्यादेव लुइँटेल गुठी’ले कलाकार केसीलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ, प्रतिक चिन्ह र क’दरपत्र सहित केसीलाई पु’रस्कृत गर्ने निर्णय गरेको हो ।

यो पुरस्कार गुठीले वासुदेव लुइँटेलको जन्मदिनको अवसरमा एक कार्यक्रमको आयोजना गरी प्रदान गर्नेछ । हाँस्यब्यङ्ग्य साहित्य, कला र अभिनयको क्षेत्रमा कार्यरत सिर्जनशिल

प्रतिभाहरुमध्येबाट एक जनाको छनोट गरि यो पुरस्कार प्रदान गरिदै आएको गुठीले जनाएको छ ।कलाकार केसीले यो पुरस्कार प्राप्त गर्दा आफूमा अझै दायित्व थपिएको बताउ ।

उनले भने–‘आगामी दिनमा यो सम्मानको मान बढ्ने काम गर्दै आफ्नो कलाकारिताको माध्यमबाट दर्शकहरुलाई अझै मनोरञ्जन प्रदान गर्नेछु ।’

यो पनि,,हास्य कलाकार किरण केसी ‘राता मकै’को ४० बिघा जग्गा वैद्य माओवादीद्वारा कब्जा

चितवन । माडीमा मोहन वैद्य निकट नेकपा (क्रा`न्तिकारी माओवादी) ले आज ४० बिघा जग्गा कब्जा गरेको छ ।कलाकार किरण केसी ‘राता मकै’ लगायतको ट्वान्टी वान समूहले माडी नगरपालिका–२ को पौबारीमा

गै`रका`नुनीरुपमा जमिन खण्डीकरण गरेको भन्दै माओवादीले सो जग्गा कब्जा गरेको हो ।शनिबार दिउँसो १ बजे झण्डा गाडेर जग्गालाई कब्जा गरेको जनाएको हो ।अभिनेता तथा फिल्म निर्माता केसीको कम्पनी ट्वान्टी-वान

प्रालिले प्लटिङ गरेको जग्गालाई कब्जामा लिइएको संगठनका चितवन जिल्ला अध्यक्ष कृष्ण सुनारले जानकारी दिए ।

माडी नगरपालिका-२ पौहाडी (बरुवा बजारभन्दा केही परको गाउँ)को प्लटिङ जग्गालाई कब्जा गरिएको हो । ‘जबसम्म प्लटिङ गरिएको उक्त जग्गा कुसुमखोलाका सुकुम्बासीले पाउँदैनन् तबसम्म यो जग्गा हाम्रै कब्जामा रहन्छ’।

अध्यक्ष सुनारले भने, ‘हामीले दबाबका लागि पनि यस्तो निर्णय गरेका हौं ।’ट्वान्टी वान ग्रुपले सो जग्गा नगरप लिकासँगको मिलेमतोमा प्लटिङ गरेको आरोप संगठनले लगाउँदै आएको छ ।

ट्वान्टी वान ग्रुपले माडीको अयोध्यापुरीको अधिकांश जग्गामा प्लटिङ गरेको छ भने मकवानपुरमा पनि काम गरिरहेको जनाइएको छ ।केसी सहभागि भनिएको उक्त प्लटिङ कम्पनीमा अन्य केही कलाकारहरु

पनि संलग्न रहेको दावी गरिएको छ । तर, काठमाडौंमा रहेका कलाकार केसीले भने जग्गा कब्जाबारे आफूलाई जानकारी नभएको दाबी गरे । ‘म यसबारे बुझ्दैछु’ उनले भने । नेपाल समाचार बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News