काठमाडौं — आविष्कार केन्द्र खोल्न सहयोग माग्दै जनताको आँगनमा पुगेका महावीर पुनले त्यसका लागि पोखरास्थित आफ्नो २८ रोपनी जग्गा दान दिने घो’षणा गरेका छन्।

उनले पोखराको बेगनास तालछेउको करिब ३ करोड रुपैयाँ पर्ने जग्गा संस्थालाई दिने घो’षणा गरेका हुन्।’     ‘त्यो जग्गा २० वर्षअघि पुन र साथीहरूले किने का थिए।‘कसैले जग्गा दिन चाहन्छ भने त्यो बेचेर नगद बनाउन सकिन्छ,’ पुनले कान्तिपु रसँग भने,

‘कसैको जग्गा बिकेन भने त्यो केन्द्र का नाममा हुन्छ र त्यसबाट कृषि कर्म गरेर केन्द्रले आम्दानी को स्रोत निर्माण गर्न सक्छ।’तत्कालीन प्रधान मन्त्री बाबुराम भट्टराईको पालादेखि चार सरकार प्रमुखलाई उनले आविष्कार केन्द्र खोल्न सहयो ग वा सहुलियतमा ऋण दिन आग्रह गरेका थिए।’

प्रत्येक प्रधानमन्त्रीले उनलाई आश्वासन दिए, पनि सहयोग दिएनन्।तत्कालीन अर्थमन्त्री रामशरण महतले आविष्कार केन्द्रका नाममा रकम दिने भन्दै बजेटमै उल्लेख गरे पनि सर कारले कार्यविधि अगाडि नबढाउँदा पुनले रकम पाउन सकेनन्।

सरकारले सहयोग गर्नेनाममा वर्षौं झुलाएपछि पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्वै च्छिक महादान अभियान सुरु गरेका छन्। म्याग्दी र पर्वतका गाउँमा बेतारे सञ्जालमार्फत सामाजिक र आर्थिक क्रान्ति गरेकोमा पुनले म्यागासेसे सम्मान पाएका थिए।

यसैबीच महावीर पुनको अभियानलाई डियरवाक इन्स्टि च्युट अफ टेक्नोलोजीले सघाउने भएको छ। सूचना प्रविधि अध्यापन गराउने इन्स्टिच्युटले पुनको अभियानलाई शैक्षि क माध्यमबाट सहयोग गर्ने भएको हो।

डियरवाक इन्स्टिच्युट र पुनको संस्था वायरलेस नेपालबीच आइतबार राजधानीमा यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News