आइतबार  सुर्खेतको  चौकुने  गाउँपालिका   र  कैलालीको मोहन्याल  गाउँपालिकाको   बीचमा  पर्ने  कर्णाली  नदीमा भएको डुंगा दु’र्घ’ट’नामा ज्यान जो’गाउन   सफल  म’हिला अन्ततः  लक्ष्य  पूरा  गरेरै  घर   फर्किएकी छन् । मोहन्याल गाउँपालिका – ३  मलेखकी   हसना  आले   ५   महिनाको छोरालाई

खोप  लगाउन  चौकुनातर्फ  हिँडेकी  थिइन् । कर्णाली नदी तर्ने  क्रममा  उनीसहित च’ढेको  डुंगा  आइतबार दु’र्घ’ट’ना भएको  हो  ।तर दु’र्घ’ट’नाका बाबजुद  आमाछोरा नै बाँच्न सफलमात्र भएनन्, हसना आफ्नो छोरालाई नियमित खोप लगाएरै  घर  फर्किएकी   छन्    । चौकुने   गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेले

रातोपाटीसँग   भने, ‘बच्चाले   पानी  बढी  पिएकाले  केही मात्रामा  श्वास  बढेको  थियो । मैले  नै उपचार गरेर पठाएँ, बच्चाको  अवस्था  ठिक  छ हसनालाई   उनले   साहसिक म’हि’लाका रुपमा  चित्रण गरे । ‘कर्णालीको  भेलमा आफू र आफ्नो  सन्तानलाई  उहाँले बचाउनुभयो र खोप लगाएरै घर फर्किनुभयो,’   उनले भने । डुंगा पाँच मिटरजति हेलिए पछि छाल  आएर  हल्लिएको  र  सोही  क्रममा   दु’र्घ’ट’ना भएको प्रत्यक्षदर्शीको भनाइ छ।

यो पनि,,
एमालेका वरिष्ठ   नेता   माधवकुमार नेपालले पार्टीभित्रको वि’भे द हटाउन   बराबरी   अधिकार   आवश्यक    भएको बताएका  छन्।  पार्टी   अध्यक्ष  केपी  शर्मा  ओलीले  नेता नेपाललाई दोस्रो अध्यक्ष  दिएर भए  पनि नेपाल समूहलाई पार्टीभित्रै  राख्ने योजना  बनाएका  छन्। तर नेता नेपालले दोस्रो अध्यक्ष  अस्वीकार  गर्दै  पार्टी एकताका लागि ओली लाई भएजति अधिकार आफूले  पनि प्रयोग  गर्नु पाउनुपर्ने बताएका हुन्।

‘पार्टीभित्र  लामो समय वि’वा’द भयो। फेरि पनि बहुमतका नाममा  पेल्ने  काम   हुनेछ। नेताहरूको   मूल्याँकन    हुने सम्भावना कम छ।  पहिला  पनि धेरै नै पेलेपछि अहिलेको अवस्था आएकाले   सबै नेता  कार्यकर्तालाई समान जिम्मे वारी दिनका लागि पनि बराबरी  अधिकार  आवश्यक  छ’, नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो।

स्रोतका  अनुसार   नेपालले  पार्टीमा  दोस्रो अध्यक्ष होइन, ओलीले बराबर  अधिकार  प्रयोग  गर्न  चाहन्छन् ।नेपालले आइतबार  बिहान  धेरै समय  ‘पर्ख  र हेर’  को  अवस्थामा बस्ने स्थिति नभएकाले   निर्वाचन आयोगलगायतका   संवै धानिक  निकायमा  आफ्नो  पनि  हस्ताक्षर  चल्ने अवस्था आएमा एमालेमै बस्न  सकिने  सन्देश ओलीलाई पठाएका थिए।

तर ओलीले  नेपालको  सन्देशको  कुनै  जवाफ   नदिएको स्रोतले  जनाएको छ । पार्टी  उपाध्यक्ष भीम रावल र सुरेन्द्र पाण्डे ले नेता  नेपालको  सन्देश लिएर  ओलीसँग  भेटघाट गरेका थिए। ओली भने नेपालको माग स्वीकार गर्न इच्छुक छैनन्।पृथ्वी सुब्बा  गुरुङलगायतले  द’बाब दिएपछि ओली नेपाल समूहलाई  पार्टीमा  ल्याउन  तयार भएका हुन्। उनी कार्यदलले तयार  पारेको १० बुँदे सहमतिभित्रै रहेर वि’वाद मिलाउने पक्षमा छन्।

उनले १०बुँदे सहमतिमै टेकेर अघि बढ्नुपर्ने बताएका छन्।उनले स्थायी  कमिटीको आइतबार बसेको बैठकमा सुवास नेम्वाङ र  विष्णु   पौडेललाई एकताका  लागि  व्यवहारिक रुपमा अधिकतम प्रयास गर्न निर्देशन दिएका छन्।ओलीले बैठकमा  नेपालको  सन्देशबारे  केही नबोलेको एक नेताले बताए। यो समाचार नागरिक दैनिकमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News