स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन्।पारिश्रमिक, आवा सलगायत सुविधा नलिने सोमबार पत्रकार सम्मेलन गरेर उनले बताए।

तर सुरक्षाकर्मी भने लिने उनको भनाइ छ।  नेपाली कांग्रेस का सांसद श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरेका थिए।

श्रेष्ठले स्वास्थ्य, शिक्षा, कृषि तथा जलविद्युत लगायत क्षेत्रमा लगानी गरेका छन्। उनले आफू राज्यमन्त्री रहुन्जेल ती संघसंस्थाबाट अलग हुने पनि बताए।

राज्यमन्त्री श्रेष्ठले एक सय दिनको कार्ययोजना समेत अगाडि सारेका छन्।व्यापारीसमेत रहेका सांसद श्रेष्ठलाई मन्त्री बनाएकोमा पार्टीभित्र र बाहिर पनि प्रधानमन्त्री देउवाको आलोचना भएको थियो।

यो पनि,,नेपाललाई भेटि सिधै पेरिसडाँडा पुगेका प्रचण्डले सरकारमा सहभागी हुने मन्त्री टुंगो लगाउँदै

काठमाडौँ १७ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटी पार्टी कार्यालय पुगेका छन् ।

नेपालको निवासमै पुगेका अध्यक्ष प्रचण्डले भेटमा एमाले को पार्टी एकता र मन्त्रिपरिषद्को विषयमा छलफल गरेको जनाइएको छ ।आज ११ बजेपछि बस्ने भनिएको माओवा दीको

स्थायी कमिटिको अब केहि बेरमा बस्ने भएको छ ।पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाईने भएको छ ।

यो पनि,,शिल्पाको समर्थनमा ऋचा लेख्छिन्–‘पुरुषको गल्तीको दोष महिलालाई किन ?

’नायिका शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा पोर्नोग्राफीको मुद्दामा न्यायिक हिरा’सतमा छन् । राज पक्राउ परेपछि उनको बिषयमा आइरहेका विभिन्न खबरमा नायिका शिल्पा से’ट्टीको नाम पनि जोडिएको छ ।

राज प’क्राउ परेपछि सामाजिक संजालदेखि मिडियामा शिल्पालाई ट्रोल गरिएको छ । उनलाई तथानाम गाली पनि गरिएको छ । शिल्पाले आफ्नो मा`नहानी भएको भन्दै २९ विभिन्न संस्थाका विरुद्ध २५ करोडको मान’हानीको मु`द्दा समेत दा’यर गरेकी छिन् ।

शिल्पामाथि मिडिया र सामाजिक संजालमा अनावश्यक टिप्पणी हुन थालेपछि उनको समर्थनमा बलिउडकर्मीहरु पनि अगाडि आए का छन् ।

नायिका ऋचा चड्डाले शिल्पाको समर्थन गर्दै लेखेकी छिन् –‘जब कुनै पुरुषले गल्ती गर्छन्, हामी उक्त पुरुषलाई दोषी देख्नुको साटो उसँग जोडिएकी महिलालाई जिम्मेवार ठान्छौं ।

शिल्पाले यस्ता मानिसहरुको विरुद्धमा मुद्दा दायर गरेको खबर सुनेर निकै खुशी लागेको छ ।’ऋचा भन्दा पहिला हंसल मेहत्ताले पनि यो बिषयमा प्रश्न उठाएका थिए ।

उनले, शिल्पाको विवादमा बलिउडका कलाकारले मौनता साधेको बिषयमा प्रश्न उठाएका हुन् ।

उनले, खुशीको मौकामा एकसाथ मिलेर पार्टी गर्ने तर दुःख पर्दा कोही पनि नबोल्ने बलिउडको परम्परा भएको भन्दै आलोचना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News