१८ साउन, बुटवल । लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री वलीले आफू नेकपा एमालेमै फर्किएको बताएकी छन् ।

सोमबार विज्ञप्ति प्रकाशित गरी उनले आफूले सूर्य चिह्न बाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजय हासिल गरेको भन्दै एमालेमै फर्किएको बताएकी छन् ।तत्कालिन नेकपाबाट प्रदेशसभा सदस्य निर्वाचित उनले एमाले र माओवादी ब्युँतिएपछि माओवादी केन्द्र रोजेकी थिइन् ।

यो पनि,,तलबभत्ता नलिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन्।   पारि श्रमिक, आवासलगायत सुविधा नलिने सोमबार पत्रकार सम्मेलन गरेर उनले बताए।

तर सुरक्षाकर्मी भने लिने उनको भनाइ छ।  नेपाली कांग्रेस का सांसद श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरेका थिए।

श्रेष्ठले स्वास्थ्य, शिक्षा, कृषि तथा जलविद्युत लगायत क्षेत्र मा लगानी गरेका छन्। उनले आफू राज्यमन्त्री रहुन्जेल ती संघसंस्थाबाट अलग हुने पनि बताए।

राज्यमन्त्री श्रेष्ठले एक सय दिनको कार्ययोजना समेत अगाडि सारेका छन्।व्यापारीसमेत रहेका सांसद श्रेष्ठलाई मन्त्री बनाएकोमा पार्टीभित्र र बाहिर पनि प्रधानमन्त्री देउवाको आलोचना भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News