पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा अध्ययनका लागि सोमबार बेलुकी अमेरिकी प्रस्थान गरेकी छिन् । उनलाई त्रिभुवन विमानस्थलमा उनका प्रेमी सिसन बाँनिया र परिवारका केही सदस्यले बिदाई गरेका थिए ।

बिदाइका क्रममा सिसन र श्रृङ्खला केही समय भावूक समेत देखिएका थिए ।श्रृङ्खला हावर्ड विश्वविद्यालयमा सहरी विकास बिषयमा स्नात्तोकत्तर पढ्न अमेरिकातर्फ प्रस्थान गरेकी हुन् ।

केही समय अगाडि उनले आफू हावर्ड विश्व विद्यालयमा अध्ययनका लागि जान लागेको जानकारी दिएकी थिइन् । श्रृङ्खलाले आर्कि टेक्चरमा स्नातक गरिसकेकी छिन् ।

मिस नेपाल’ भएसँगै श्रृङ्खला निरन्तर चर्चामा थिइन् । विशेषगरि, उनको सुन्दरता र बौद्धिकता को प्रशंसक विश्वभरका नेपाली छन् ।

श्रृङ्खला न्यूयोर्कमा आयोजना हुन लागेको ‘मिस नेपाल नर्थ अमेरिका’ नामक ब्यूटी पेजेन्टमा निर्णायकको रुपमा सहभागी हुने कार्यक्रम समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News