१९ साउन,  काठमाडौं ।  राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले   अन्तर्राष्ट्रिय   क्रिकेटबाट  संन्यास  लिने घोषणा गरेका  छन् ।  नेपालका  लागि  खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ  उपलब्धि  हो   भन्दै  उनले  क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी

रहने    जनाएका  छन् ।क्रिकेटर   खड्काले  मैदानभित्रका दुई   दशक   जीवन    रहुन्जेल    मीठो    यादका    रुपमा आफूसँग   रहने   भन्दै   नेपाली  क्रिकेटलाई   सबै   मिलेर नयाँ   उँचाइमा   पुर्‍याउने   विश्वास   समेत   व्यक्त  गरेका छन् ।

यो पनि,,१९  साउन,  काठमाडौं   । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार  नेपालले  आफ्नो पक्षका केन्द्रीय सदस्य हरुको  बैठक  बोलाएका  छन्   । बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बुधबार  बिहान  ११  बजे बस्ने गरी उनले बैठक बोलाएका  हुन् ।  एक  नेताका  अनुसा  र उपत्यका बाहिर रहेका केन्द्रीय सदस्यहरु आइनपुग्ने

अवस्था  रहे  बैठक  सर्ने  सम्भावना पनि छ ।नेता नेपालले जारी एकता प्रक्रियाबारे छलफल गर्न केन्द्रीय सदस्यहरुको बैठक  बोलाएका  हुन्   । एकताका निम्ति  जुटेको दशबुँदे सहमति  र  संसद  पुनर्स्थापना  गर्ने   सर्वोच्च  अदालतको फैसलापछि  नेता  नेपालले   आफू निकट   स्थायी कमिटी सदस्य र सांसदहरुसँग छलफल गरिसकेका छन् ।

यो पनि,,
१९ साउन,  काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालका  लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले शिष्टाचार भेट गरेका  छन्। सैनिक  मुख्यालय  जङ्गी  अड्डामा   आज भएको भेटमा उहाँहरूबीच दुई पक्षीयहित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्प र्क तथा सूचना   निर्देशनालय ले जनाएको छ ।दुई देशबीच को सम्बन्धलाई सुमधुर एवं प्रगाढ तुल्याउन थप मद्दत पुग्ने विश्वास लिएको सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News