विवेकशील  साझा  पार्टीका  चार  नेताले  आफ्नै संयोजक रवीन्द्र मिश्रद्वारा  सार्वजनकि गरिएको दस्तावेजले पार्टीमा वैचारिक टकरावको  स्थिति  सिर्जना गरेको भन्दै त्यसलाई सच्याउन  माग  गरेका  छन्  । विवेकशील   साझा पार्टीका केशव   दाहाल , रञ्जु   दर्शना, डा. राजेन्द्र पंगेनी र मिलन पाण्डेले काउन्टर डकुमेन्ट जारी गर्दै रवीन्द्र मिश्रमाथि कडा आ’लो’च’ना गरेका छन् ।

चार  नेताले मिश्रका विचारहरूको खण्डन गर्दै भनेका छन्, ‘अध्यक्षको  यो   प्रस्तावले   पार्टीमा  वैचारिक  टकराबको स्थिति  सिर्जना  गरेको छ । साथै, यो प्रस्तावले पार्टी स्थाप नाको औचित्य  र हाम्रा  कार्यभारहरूलाई  समेत  कमजोर बनाउने  र  पार्टीलाई   अग्रगामी  च’रित्रबाट उ’छृंखल  गर्ने ख’त’रा बढेको छ । अतः यो प्रस्तावलाई सच्याउनैपर्छ ।’

संघीयताले  का म राम्रो  गरेन  भन्दै खारेजीको माग गरेका मिश्रलाई  उनकै पार्टीका  नेताहरुको प्रश्न छ– ‘पार्टीले पनि खासै उपलब्धी  हासिल गरेन भन्ने एउटा बुझाइ छ, अब के गर्ने त ? पार्टी पनि  खा’रेज गर्ने ?’चार  नेताले सार्वजनिक गरेको  प्रस्तावमा  उल्लेखित  रवीन्द्र मिश्रमाथिको टिप्पणी जस्ताको त्यस्तै –

पार्टी  अध्यक्ष  रवीन्द्र मिश्रले नियतवश वा भुलवश आफ्नो पछिल्लो आलेखमा संघीयतालाई खारेज गर्नुपर्ने र धर्मनिर पेक्षतामा जनमत  सङ्ग्रह  गर्नुपर्ने  प्रस्ताव गर्नुभएको छ । वहाँको  निजी  विचार  भएता पनि अध्यक्षको यो प्रस्तावले पार्टीमा  वैचारिक  टकराबको   स्थिति  सिर्जना गरेको छ ।साथै, यो प्रस्तावले पार्टी स्थापनाको औचित्य र

हाम्रा  कार्यभारहरूलाई समेत कमजोर बनाउने र पार्टीलाई अग्रगामी  चरित्रबाट   विश्रींखलित  गर्ने खतरा बढेको छ । अतः यो  प्रस्तावलाई  सच्याउनैपर्छ र त्यसका लागि सबैले वस्तुनिष्ठ र  गम्भीर   छलफल  गर्नुपर्छ । अध्यक्षले आफ्नो आलेखमा जे–जस्तो  प्रस्ताव गर्नुभएको छ, वहाँले पार्टीका मौजुदा दस्ताबेज र स्वयं वहाँले हस्ताक्षर गर्नुभएको निर्णय हरूमाथि ध्यान नदिएको देखिन्छ ।

हामीले पार्टी स्थापना गर्दा जारी गरेको घोषणापत्र, विधान, पार्टीले बनाएका पछिल्लो समयका दस्ताबेजहरू,पछिल्लो निर्वाचन घोषणापत्र  र केहि  महिना अघि मात्र विवेकशील नेपाली दल  र साझा पार्टी एकीकरण हुँदा गरिएको एकता को घोषणापत्रमा  यस्ता  विषयहरूमा  हाम्रो स्पष्ट अडान र प्रतिवद्धता छ ।

हामी ले भनेका  छौँ, यो   पार्टी जनआन्दोलनका उपलब्धि हरूको रक्षा गर्दै  अगाडि जाने संकल्प गर्दछ । पार्टी एकता गर्दा, हामीले संविधानको  मूल  भावनालाई  स्वीकार गर्ने र अझ अगाडि जाने साझा धारणा बनाएका थियौँ । जसलाई तत्कालीन  दुवै  पार्टीको  केन्द्रीय  समितिले  पारित  गरेको थियो । यी  विषयहरूमा  यो नै हाम्रो पार्टीको आधिकारिक धारणा हो ।

हामीले   माथि   प्रशस्तै   चर्चा  गरेका  छौं  कि  हाम्रो पार्टी जनआन्दोलनका उपलब्धिहरूको जगमा बनेको पार्टी हो । हामीले पार्टी स्थापना गरिरहँदा, यो पार्टीले मूलतः नेपालमा राजनीतिक  आन्दोलनको   युग  सकिएको   , ७०   वर्षको बलिदानबाट  पछिल्लो  परिवर्तन  प्राप्त  भएको, संविधान सभाबाट संविधान बनेको र नयाँ,

आधुनिक  र  लोकतान्त्रिक  युग  प्रारम्भ   भएको  निष्कर्ष निकालेका हौँ । त्यही निष्कर्षका आधारमा हामीले सुसंस्कृ त राजनीति र  समतामूलक संवृद्धिका लागि कल्याणकारी लोकतन्त्रको प्रस्ताव   गरेका  हौँ  ।हामीले  आफूलाई  पूर्ण लोकतान्त्रिक  पार्टीको  रूपमा  जनताबिच   स्थापित  गर्ने सङ्कल्प गरेका हौँ ।

पूर्ण लोकतान्त्रिक  पार्टी, गणतान्त्रिक पार्टी वा सहभागिता मूलक   लोकतन्त्रमा  विश्वास  गर्ने  पार्टी  जनआन्दोलनका उपलब्धिहरू  गणतन्त्र, संघीयता  र धर्मनिरपेक्षता वि’रोधी कसरी हुनसक्छ ? अतः अध्यक्षको प्रस्ताव आफैंमा वैचारि क द्विविधाको   प्रस्ताव हो ।हाम्रोजस्तो बहुसांस्कृतिक, बहु धार्मिक र बहुजातीय मुलुकमा धर्मनिरपेक्षता एक अपरिहा र्य र न्यायपूर्ण प्रबन्ध हो ।

बहुसांस्कृतिक,  बहुधार्मिक र बहुजातीय राज्यले एक धर्म, एक  भाषा , एक  भेष र  एकल  संस्कृतिको   प्रवर्धन  गर्नु किमार्थ  न्यायपूर्ण  हुँदैन  । यो  अर्थमा   राज्यको कुनै धर्म हुँदैन, हुनुहुँदैन ।राजनीतिको कुनै निजी धर्म हुँदैन । राजनी तिको  कुनै  धार्मिक   पक्षधरता   हुँदैन  । तर   नागरिकको धार्मिक स्वतन्त्रताको सबैले सम्मान गर्नुपर्छ ।

जनताको  धार्मिक  स्वतन्त्रताको  रक्षा  गर्नु प्रत्येक राज्य र राजनीतिक  दलको  कार्यभार  हुन्छ । तसर्थ, सबै धर्मावल म्बीहरुको  अपनत्व  हुने  धर्म  निरापेक्षताको   प्रावधान  नै हालको  निम्ति   उत्तम  प्रावधान  हो ।यो  देश ८५ प्रतिशत हिन्दुहरूको देश हो र  धर्मनिरपेक्षताले  हिन्दुहरूको मनमा चोट परेको छ भन्ने तर्कले व्यक्ति  स्वयंको संख्यात्मक दम्भ प्रतिविम्वित हुन्छ ।

किनभने, हिन्दु धर्म आफैँमा अहंकारको धर्म हैन, सद्भाव र उदारताको  धर्म हो ।वास्तवमा कुनै पनि धर्म सत्य, निष्ठा र भातृत्वको   आह्वान हो ।  जब  धर्ममा  राजनीति  जोडिन्छ त्यसपछि सङ्ख्याको अहङ्कार सुरु हुन्छ । अतः मान्छेको धार्मिक  आस्था   सबै    बराबर   हो  र   हुनुपर्छ  । मत वा जनसङ्ख्याले धार्मिक आस्थाको  महत्त्व  कम वा बेसी हुने होइन । अतः हामीले धर्मलाई यो वा त्यो नाममा गिजोल्ने र खेल्ने गर्नुहुँदैन । # रातोपाटि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News