काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ भएको छ। दशरथ रंगशालाबाट राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार साँझ औपचारिक उद्घाटन गरेसँगै भ्रमण वर्ष सुरु भएको हो। उद्घाटन कार्यक्रममा विभिन्न देशका पर्यटनमन्त्री, १८ देशबाट ३५ वटा विदेशी

सञ्चारमाध्यका प्रतिनिधिलगायत सहभागी छन्। कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष प्रस्तुति तथा नेपाली कलाकारको सांगीतिक प्रस्तुति दिएका छन्।

हेर्नुस् भिडियो

कार्यक्रममा नेपाल घुम्न आउ भन्ने सन्देश दिने गरी तयार पारिएको नयाँ भ्रमण वर्ष प्रवद्र्धनात्मक संगीत सार्वजनिक गरिएको छ। २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले नेपाल भ्रमण वर्ष २०२० को तयारी गरेको छ। भ्रमण वर्षको उद्घाटन समारोहमा दशरथ रंगशालामा जारी छ।
तस्बिर : विकास कार्की/सुनिता डंगोल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News