लुम्बिनी  प्र’देश  सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी  केन्द्रमै  फर्किएकी  छन्। पछिल्लो एक सातादे खि पार्टीसँग  ‘सम्पर्कविहीन’  भएकी  उनी  बुधबार  आफैं पार्टीको  सम्पर्कमा   आएकी  हुन् ।दुई  दिन अगाडि आफू नेकपा   (एमाले)  मा  प्रवेश  गरेको  विज्ञप्ति  जारी  गरेकी बिमलाले  आफू  नेकपा   माओवादी   केन्द्रमैं  रहेको भनेर म्यासेज गरेकी छन्।

माओवादी  लुम्बिनी  प्रदेशका  संसदीय  दलका  नेता कुल प्रसाद  केसी (सोनाम)  लाई  मोबाईलमा   म्यासेज    गरेर वलीले  बुधबार  आफू  माओवादीमै  रहेको  बताएकी हुन्।माओवादी  नेता  तथा   दाङको  निर्वाचन  क्षेत्र  नं. १ (क) इन्द्रजि त चौधरीका   अनुसार  प्रदेशका  पूर्व  कानुन मन्त्री ‘सोनाम’ लाई मोबाईलमा म्यासेज गरेर

प्रदेश  सांसद  वलीले  आफू  एमाले पार्टीमा प्रवेश नगरेको तथा  माओवादी  केन्द्रमै रहेको बताइन्। ‘उहाँले म्यासेजमा आफू  माओवादी  केन्द्रमै र हेको  र बल जफति आफूलाई एमालेमा प्रवेश गर्न लगाएको विज्ञप्ति सार्वजनिक गरिएको भए  पनि  त्यो झु ‘टो भएको स्पष्ट लेख्नुभएको छ,’ सांसद चौधरीले सेतोपाटीसँग भने,

‘तर,  उहाँ क हाँ हुनुहुन्छ  अहिलेसम्म हाम्रो सम्पर्कमा आइ पुग्नुभएको छैन।’ सांसद चौधरीले एमालेकै नेता कार्यकर्ता ले सांसद  चौधरीलाई  ‘बन्धक  ’ बनाएर राखेको  हुनसक्ने आ’शं’का    ब्यक्त   गरे । ‘बिमलाजीको   अवस्था  तत्कालै सार्वजनिक  गरिनुपर्छ,’  चौधरीले  भने,  ‘स्रोतका अनुसार मुख्यमन्त्रीकै निर्देशनमा

उहाँलाई  बुटवलमा  बन्धक बनाएर राखेको भन्ने हामीलाई सूचना छ।’ पति  उत्तरकुमार  वलीको   सवारी दू’र्घ’ट’नामा मृ’त्यु  भएपछि  रिक्त  रहेको स्थानमा बिमला गत मंसिरमा भएको  उपनिर्वाचनका  क्रममा   नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट  दाङको  निर्वाचन  क्षेत्र नं.  ३ (ख) बाट निर्वाचित भएकी थिइन्।

उनका  स्व’र्गिय  पति  उत्तर  नेकपा    एमालेको   तर्फबाट निर्वाचित  भएका  थिए। तर, बिमलाले भने चैत अन्तिममा नेकपा माओवादी केन्द्र रोजेकी  थिइन्। सर्वोच्चको फैसला पछि  एमाले  र  माओवादी    पूर्ववत   अवस्थामा पुगेपछि बिमलाले  माओवादी  रोजेकी  थिइन् ।दुई  दिनअघि  मात्रै विमलाले  एक   विज्ञप्ति  निकाल्दै   आफू  एमालेमै रहेको बताएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News