तपाई  दुनियाँ  धेरै  रहस्यमय  कुराहरूबारे  सुन्नु भएको हो दुनियाँमा  यस्तै  एउटा  गाउँ  पनि छ, जहाँ सबै दृष्टिविहीन छन् । तपाईलाई  यकिन  नलाग्ला , तर  यो  साँचो हो । यो गाउँ मेक्सिकोस्थित टिल्टेपक हो । यसलाई ‘दृष्टीविहिनको गाउँ’ भनिन्छ ।  यहाँ जनावरदेखि  मानिससम्म कसैले पनि आँखा देख्दैनन् ।

यस  गाउँमा  जेपोटेक  समुदायका  जनजातिहरू बस्छन् । बच्चाहरु  जन्मदा  ठीकठाक  नै  हुन्छन्   । तर, जन्मिएको केही दिनमै उनीहरुको दृष्टी  गुम्छ  । गाउँबासीहरु  यहाँको एक रुखका कारण सबैको आँखाको दृष्टी गुमेको ठान्छन् । उनीहरुका अनुसार यहाँ लावजुयला नामक एक रहस्यमयी रुख छ,

जसलाई देख्नासाथ मानिस र पशुपंक्षी सबैको दृष्टी गुम्छ । यद्यपी,  वैज्ञानिकहरु  यस  तर्कमा सहमत छैनन् । उनीहरु का अनुसार  यहाँ एक  खतरनाक  विषालु  किरा  छ, जस कारण  यस्तो  अवस्था  निम्तन्छ । उनीहरुका  अनुसार  यो किराले टोकेपछि मानिसहरुको आँखाको दृष्टी गुम्छ ।

गाउँका  सबै  मानिस  झुपडीमा बस्छन् । यस गाउँमा झन्डै ७० झुपडी छन्,  जसमा  झन्डै ३ सयको जनसंख्या बस्छ । सबै दृष्टिविहिन छन् । कुनै पनि झुपडीमा झ्याल पनि छैन ।रिपोर्टका  अनुसार  गाउँमा  कोही  न  कोहीको दृ’ष्टि  ठिक हुनुपर्छ , जसको  सहारामा  बाँकी  सबै   मानिसहरु  बाँच्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News