ढाका:  बंगलादेशमा  का’लो पत्थरबाट निर्मित हिन्दू देवता विष्णुको   ऐतिहासिक   तथा   प्राचिन   मूर्ति  प्रहरीले एक शिक्षकबाट ब’रा’मद गरेको छ स्थानीय मिडियाका अनुसार एक हजार वर्ष पुरानो मानिएको उक्त मूर्ति प्रहरीले बिहीबा र  सार्वजनिक  गरेको  हो  । डेली   स्टार  न्युजका अनुसार प्रहरीले कुमिल्ला जिल्लाको बोरो गो’ली गाउँबाट उक्त मूर्ति समातिएको हो ।

बहुमुल्य यस का’लो पत्थरको उचाइ झण्डै २३ इन्च छ भने चौडाइ ९  दशमलब  ५ इन्च  छ । साथै  यसको तौल झण्डै १२ केजी  छ  ।दौडकान्डी  प्रहरी  स्टेशनका प्रमुख नजरुल इस्लामका अनुसार अबु  यूसुफ  नामका शिक्षकबाट करिब डेढ महिनाअघि उक्त मूर्ति बरामद गरिएको हो ।

तर  ती  शिक्षकले   प्रहरीलाई   यसबारे  जानकारी दिएका थिएनन् । प्रहरीका अनुसार ती शिक्षकको घरबाट सोमबार राति मूर्ति बरामद  गरिएको  हो ।यूसुफले भने २०/२२ दिन अघि आफ्नो  जमिनमा रहेको  पोखरीमा खन्ने क्रममा उक्त मूर्ति फेला परेको  थियो । त्यो  पत्थर  मूर्ति भन्ने थाहा पाए पनि तत्कालै प्रहरीलाई खबर गर्न

फुर्सद नमिलेको  प्रतिक्रिया  यूसुफले दिएका छन् यस मूर्ति लाई    बंगलादेशका    पूरातत्वविद    तथा  जानकारहरुले बहुमुल्य  रहेको   बताएका  छन् । साथै  यसबारे  थप अनु सन्धान  गरिनुपर्ने  पनि  बताइएको छ ।चत्तोग्राम क्षेत्रस्थित पूरातत्व  विभागका   क्षेत्रीय   निर्देशक   अतौर   रहमानले भनेका छन्,

“फेला  परेको  भगवान  विष्णुको मूर्ति ज्यादै बहुमुल्य हो । यो सम्भवत  एक  हजार  वर्ष  पुरानो  हो । यसको   विशेष संरक्षणका   लागि यसलाई  तुरुन्त  मैनामती  संग्रहालयमा हस्तान्तरण गरिनुपर्छ।साभार: अन्नपुर्ण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News