२२ साउन, काठमाडौं । नेकपा एमालेका नेता बहेश बस्नेत ले चितवन  माडीका  ५ हजार सुकुम्बासीलाई जग्गा बाँड्न लागिएका  कारण  नेकपा   माओवादी   केन्द्रका   अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले आत्तिएर सुकुम्बासी आयोग खारेज गर्न लगाएको टिप्पणी गरेका छन् । शुक्रबार राष्ट्रिय युवा संघको

कार्यक्रममा  बोल्दै  उनले   एमालेकै   वरिष्ठ   नेता   माधव नेपालले  पनि  मनोहरा  बस्तीमा  रहेका सुकुम्बासीहरुलाई जग्गा बाँड्न  लागिएपछि वि’रो’ध गरेको भनी आ’लो’च’ना गरेका   छन् । ‘चितवनको   टाँडी   एरियामा  जहाँ कमरेड प्रचण्डको  क्षेत्र  पर्छ  । त्यहाँ  ५  हजार सुकुम्बासीले जग्गा पाउँनेवाला थियो ।

उहाँलाई  लाग्यो,  माडी एरियाका ५ हजार सुकुम्बासीहरुले जग्गा  पायो  भने अब आउँदो चुनाव मेरो पत्तासाफ हुन्छ । यस्ता  स्वार्थका   कारण ले आज सुकुम्बासीहरुमाथि दमन गरिँदैछ’ उनले भने ।यस्तै स्वार्थ एमालेकै वरिष्ठ नेता माधव नेपालको पनि रहेको उनले बताए।

‘मनोहरा   क्षेत्र  जहाँ  मेरो  निर्वाचन  क्षेत्र र  कमरेड माधव नेपालको सनर्वाचन  क्षेत्र पर्छ । त्यहाँ ७१२ घर छन । त्यहाँ सुकुम्बासीले जग्गा  ओगटे  भनेर निकै ठूलो टाउको दुखाइ थियो उहाँहरुको’  नेता  बस्नेतले भने ।उनले सुकुम्बासीहरु को आन्दोलनमा सुकुम्बासीहरु मात्रै

नगएको  पनि  प्रष्टीकरण दिएका छन् । ‘हिजोको जुलुसमा आधा जति मात्रै  सुकुम्बासी हुन । अरु एकेवद्धता जनाउन गएकाहरु हुन’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News