काठमाडौं । ‘डिएसपी  हुँ ’ भनेर विदेशबाट फर्किनेहरूको साथबाट सुनका बाला लु’ट’पा’ट गरेको आ’रो’पमा प्रहरीले एकजना   युवकलाई    प’क्रा’उ   गरेको   छ  । भक्तपुरको चाँगुनारापण –४  बस्ने  ३५   वर्षीय   सीताराम   गुरुङ्गलाई प’क्रा’उ  गरिएको  महानगरीय  प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।

सीतारामले   आफ्ना  सहयोगीलाई   त्रिभुवन   अन्तर्राष्ट्रिय विमास्थलमा  पठाएर  विदेशबाट  फर्किनेहरूको पिछा गर्न लगाउँथे । पछिल्लो  समय विदेशबाट फर्किनेहरू धेरैले ५० ग्राम तौल  बराबरको सुनको बाला लिएर आउँछन् । त्यस्ता बाला धेरैजसो खा’डी मुलुकमा बसेर सुनको काम गर्नेहरुले पठाउँछन् ।

विदेशबा ट आउनेहरूले आफ्नै लागि पनि ल्याएका हुन्छन् सुन  बोकेर   आउनेहरुलाई   सहयोगीले    पिछा   गरेपछि सीताराम  गुरुङ्गले उनीहरु चढ्ने ट्याक्सीलाई बिच बाटोमा रो’केर  ‘डिएसपी   हुँ’  भनेर  चेकजाँच  गर्ने  गरेका थिए । सहयोगीलाई  हवल्दार र असईको भुमिका दिएर चेकजाँच गरेपछि

उनको   समूह   सुन  लिएर  भा’ग्ने  गरेको अनुसन्धानबाट खुलेको  एसपी  बस्नेतले  बताए । सीतारामको  समूहले ६ ठाउँमा त्यसरी  सुनका  बाला  लु’टे’को  थाहा  भएको छ । सीताराममाथि  महानगरीय   प्रहरी    वृत   महाराजगन्जले अनुसन्धान  गरिरहेको  छ । उनको   समूहका दुईजनालाई प्रहरीले यसअघि गोङ्गबुबाट प’क्रा’उ गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News