काठमाडौं । लोकप्रिय रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को आज फाइनल हुँदैछ । कोरोना महामारी बढीरहेका कारण आज साँझ प्रत्यक्ष प्रसारणमा विजेता घोषित गरिने भ्वाइसले जनाएकोछ । आज हुनो ग्राण्ड फिनालेमा चार प्रतिस्पर्धीबीच कडा प्रतिस्पर्धा हुनेछ ।

आज साँझ प्रत्यक्ष प्रसारणमा विजेता घोषित गरिने भ्वाइसले जनाएको छ । महागुरु कोच दीप श्रेष्ठको टिमबाट आर्यन तामाङ, टीम प्रमोदबाट किरण टीम राजुबाट तारा हुन् भने ज्वाला टीम तृष्णाबाट प्रतिस्पर्धी  का रुपमा रहेका छन् । तारा पहिलो पटक भ्वपाइसको इतिहाँसकै टप ४ मा पुग्न सफल प्रतिस्पर्धी हुन् ।

यो पनि,,विकल्पसहित कक्षा १२ को परीक्षा स्थगित गर्न सरकारलाई सुझाव २३ साउन, काठमाडौं । पूर्वस्वास्थ्य मन्त्री तथा सांसद गगन थापाले कक्षा १२ का विद्यार्थी   अल मलमा नपर्ने गरी विकल्प खोज्न सरकारलाई सुझाव दिएका छन् ।

स्वास्थ्य मन्त्रालयले यही साउन ३१ गतेदेखि सञ्चालन गर्ने भनिएको कक्षा १२ को परीक्षा स्थगित गर्न सरकारलाई शुक्रबार नै सिफारिश गरिसकेको ।

यसै सन्दर्भमा पूर्वस्वास्थ्यमन्त्री थापाले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा परीक्षा स्थगितमात्र नभइ विकल्पसहित निर्णय गर्न सुझाव दिएको बताएका छन् ।

‘स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न गरेको सिफारिशका सन्दर्भमा स्थगित मात्र होइन विद्यार्थीलाई अलमलमा नपार्ने गरी विकल्पसहित निर्णय गर्न आग्रह गरेका छौं, ‘ उनले भनेका छन् ।

आफूहरुको सुझावपछि प्रधानमन्त्री देउवाले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी निर्णय गर्ने बताएको थापाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News