मनाङ । बाढीपहिराले पु-याएको क्षति निरीक्ष णका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जल स्रोत तथा सिँचाइमन्त्री प’म्फा भु’साल शनिबार हिमाली जिल्ला मनाङ पुग्नुभएको छ ।

असार १ गतेको बाढीपहिराले क्षति पु¥याएको मना’ङको भौतिक क्षतिको अवलोकनमा उहाँ हरु आउनुभएको हो । जिल्लाका विभिन्न स्थान मा पु¥याएको क्षतिको नि’रीक्षण गरी समाधान को उपाय र आवश्यक सहयोगका लागि उहाँहरु मनाङ आउनुभएको जनाइएको छ ।

‘मनाङ आउनुभएका पूर्वप्रधानमन्त्री दाहाल, ऊर्जामन्त्री भुसालसँगै पूर्व मन्त्रीद्वय देव गुरुङ र टेकबहादुर गुरुङ, ऊर्जा सचिव, विद्युत् प्राधिक रणका प्रमुखलगायतको टोलीले मनाङमा बाढी पहिराले क्षति पु-याएका क्षेत्रको नि’रीक्षण गर्ने का’र्यक्रम छ ।

टोलीले मनाङ ङिस्याङ गाउँपालिकाको तिमाङ, चामे गाउँपालिकाको चामे, नासों गाउँपालिका को दानाक्यु, तिल्चेताललगायतका स्थानको भौतिक क्षति पुगेको संरचनाको अवलोकन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो ।

उहाँहरुले भौतिक क्षति पुगेको संरचनाको मर्मत तथा सम्भारका सम्बन्धमा सम्बन्धित निकायसँग छलफल गर्ने कार्यक्रमसमेत रहेको छ ।

विद्युत् प्राधिकरण, सिँचाइ, स्वास्थ्य, बस्तीमा पुनर्वासको अवस्थाका बारेमा अवलोकन तथा निरीक्षण र समाधानको उपायका सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

मस्र्याङ्दी नदीमा आएको बाढीपहिराका कारण मनाङ अन्धकारमा रहेकाले लघु जल’विद्युत्, विद्युत् प्राधिकरण, सिँचाइ र खानेपानीका सम्ब न्धमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News