नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई निर्वाचन आयोगसँग भीख माग्ने अवस्थामा पुर्याइएको बताएका छन् ।सोमबार विहान सामाजिक सञ्जालमार्फत सभापति शेरबहादुर देउवाले असफलता र लापरबाहीका यस्तो अवस्था आएको उनले बताएका हुन् ।

‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो ।देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर त्यसभित्र पनि महाधिवेशन

नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भीख माग्ने निरीह अवस्थामा पुर्याइएको छ यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र ला`परबा`ही अरु के हुन्छ ?,’ उनले लेखेका छन् ।

काँग्रेसले आगामी भदौ १६–१९ का लागि तय गरेको १४ औं महाधिवेशन अवस्थामा पुगेपछि पौडेल सभापति देउवामाथि खनिएको देखिन्छ ।

साउन १२ बाट सुरु गर्ने भनेको तल्लो तहको अधिवेशन प्रभावित भएपछि काँग्रेस महाधिवे शन अनिश्चित बनेको छ ।

अहिलेसम्म नयाँ कार्यतालिका पनि ल्याउन काँग्रेसले सकेको छैन । २८ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा नयाँ कार्यतालिका ल्याउने गरी नेताहरुले तयारी गरिरहेका छन् ।

भदाै २३ उता महाधिवेशन सार्न कानुनी बाध्य`ता खडा भएकाले निर्वाचन आयोगसँग परामर्श गरी नयाँ कार्यता लिका ल्याउन काँग्रेस नेताहरु जुटेका छन् ।

तर पौडेलले भदौ २३ भित्र विशेष महाधिवेशन गरेर भएपनि पार्टीको वैधानिकता जोगाउन लाग्नुपर्ने प्रस्ताव गरेका थिए । उनको प्रस्ताव सभापति र महामन्त्री शशांक कोइरालाले अस्वीकार गरेपनि आक्रोशित देखिएको बुझिएको छ ।

पौडेलले संविधानले दिएको ५ वर्ष ६ महिनाको समयभित्र पनि महाधिवेशन सम्पन्न गर्न नसक्नु देशकै विडम्बना भएको बताए । पौडेलले देउवा सर्वत्र असफल भएको भन्दै उनको सत्तारोहणप्रति पनि असन्तुष्टि पोखेका छन् ।

पौडेलले भने, ‘सर्वत्र असफल व्यक्तिहरु वारम्वार सत्ता समाल्न पुग्छन् ।’ असार २८ गते सर्वोच्चको परामदेश अनुसार देउवाले असार २९ गतेबाट मुलुकको नेतृत्व सम्हालिरहेका छन् ।रातोपाटी बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News