भोजपुर । भोजपुर  जिल्ला  भोजपुर नगरपालिका वडा ५ निवासी निर्मला श्रेष्ठ  कृषिमा तल्लिन छिन। श्रीमान बिदेश मा कमाउने  एता  श्रीमती  कृषि  गरेर  घरायसी  खर्च  टार्दै छिन।  उनले  १०  वटा  टर्नेल  मा कृषि गर्दै आएकी छिन। श्रेष्ठले माछा समेत पालेको बताइन।

उनको  कृषि  फर्ममा  सिजन अनुसारको तरकारी टमाटर , काउली, बोडि, गाँजर, काक्रा लगायन थुपै रोपेको बताइन्। उता श्रीमानले  कमाएको  बचाउनको  लागि  आफुले  एता कृषि पेसामा  लागेको  बताइन्। आफ्नै  कमाइले  घरायसी खर्च  टारेपछी  श्रीमानको  कमाइ  सबै  बचत   हुने  समेत बताइन्। पूरा समाचार तलको भिडियोमा हेर्नुहोस्!

यो पनि,, नेकपा  एमालेको  भातृ संगठन युवा संघका नेता हरुले महँगो लेबी बुझाउने  गरेको खुलेको छ । लेबी महंगो भएका कारण विपन्न वर्गका  युवाहरु संघको नेतृत्वमा पुग्न कठिन  भएको   गुनासो  संगठनभित्र  बढ्न  थालेको  छ ।
एमाले स्रोतका  अनुसार   युवा  संघका   केन्द्रीय अध्यक्षले वार्षिक २ लाख सम्म लेबी बुझाउने निर्णय भएको छ ।

यो  हिसाबले    अध्यक्षले   मासिक साढे  १६ हजार रुपैयाँ भन्दा  बढी  लेबी   बुझाउनुपर्छ   । त्यसैगरी   बउपाध्यक्षले वार्षिक १ लाख र महासचिवले डेढ लाखसम्म लेबी बुझाउ नुपर्ने संगठनको सर्कुलर छ ।अन्य केन्द्रीय पदाधिकारीलाई ७५ हजार र  केन्द्रीय   सदस्यहरुलाई ५०  हजारसम्म लेबी तोकिएको  छ ।केपी  ओली समर्थक युवा संघको नेता बन्न यति धेरै पैसा तिर्नुपर्ने नियम लागू

भएपछि  संगठनभित्र असन्तुष्टि  बढेको नेताहरुले बताए । युवा संघका एक नेताले भने, ‘कतिपय  साथीहरु पैसा तिर्न नसकेर नेतृत्वमा बस्न  नपाउने स्थिति छ । केन्द्रीय कमिटी मा बस्ने  भए  यति  रकम  बुझाउनुपर्छ भनेर मोलतोल गर्ने गरिएका कारण विपन्न समुदायका युवाहरु नेतृत्वमा आउनै नसक्ने अवस्था छ ।’

युवा संघमा  देखिएको  आर्थिक  मोलमोलाइबारे एमालेको केन्द्रीय कमिटी  बैठकमा  कुरा  उठाइदिन संगठनका केही नेताहरुले  पार्टीका केन्द्रीय   सदस्यहरुलाई गुहारेका छन् ।
पैसा तिर्नेहरू मात्रै  नेतृत्वमा  बस्न पाउने हो भने धनीमानी वा  डनहरुमात्रै  नेता  बन्ने  स्थिति  आउने असन्तुष्ट पक्षको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News