काठमाडौं ।   नेपालको   हिमाली    भेग  जुम्लामा फलेको उच्चस्तरीय चामलले बनेको मार्सी बियर बजारमा उपलब्ध भएको छ । टाइगर्स  ब्रुअरीको  एक उत्कृष्ट उत्पादन मार्सी बियर अब  नेपाली  बजारमा  उपलब्ध  भएको   कम्पनीले जनाएको छ ।  “मार्सी चामल”को  चौतर्फी  चर्चा र ग्राहक हरूको मागसँगै नै

सोही  मार्सी   चामलले  नै  बनेको मार्सी बियर पनि अब – मार्सी प्रिमियम , मार्सी स्ट्रङ र मार्सी झ्याप गरी तीन प्रकार मा  बजारमा  उपलब्ध छ । मार्सी   बियर  विशुद्ध   नेपाली उत्पादन  हो । मार्सी  बिय र अन्य  बियरहरू    भन्द फरक स्वादको भएको  कम्पनीको  दावी छ । ३३० मिलि र ६५० मिलि बोटलहरूमा उपलब्ध छ ।

मार्सी  बियरला ई रोस्ट गरिएको अन्नबाट उत्पादन गरिएको कम्पनीले जनाएको  छ । साधारणतया   रोस्ट   नगरिएको अन्नबाट उत्पादित  बियर  हल्का  स्वादका   हुन्छन् जसमा अन्न आफैको स्वाद  आउँदैन । तर। मार्सी बियरले “नेपाली माटोको स्वाद” ।अर्थात्  नेपालमा  नै  फलेका  अन्नहरूको स्वाद आफ्नो  बियरमा   ल्याउनका   लागि   विशिष्ट जर्मन प्रविधिलाई अवलम्बन गरेको कम्पनीले जनाएको छ ।

यो पनि,, आज  २७  औं  विश्व  आदिवासी   दिवसका दिन प्रधानमन्त्री  शेरबहादुर  देउवाले शुभकामना दिन उपस्थित हुन्छु भनेर ढाँटेको  आदिवासी  जनजाति  अगुवाले गुनासो गरेका छन् ।   ‘हामी आदिवासी   जनजातीहरुलाई  प्रधान मन्त्री देउवाले ढाँट्नुभयो’ आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले

रातोपाटीसँग  भने , ‘प्रधानमन्त्रीले आज भर्चअुल बैठकमा सहभागी भएर शुभकामना दिन्छु भन्नुभएको थियो, तर १२ बजेदेखि साढे तीन बजेसम्म कुर्दा पनि उहाँ झुल्किनुभएन, हामीले धोका पायौं ।’सन्  १९९४ देखि विश्वका करिब ९० देशका आदिवासीहरूले आदिवासी दिवस मनाउँदै आएका छन् ।

नेपालमा पनि  गिरिजाप्रसाद कोइरालाका पालादेखि हरेक वर्ष प्रधानमन्त्री आफैं उपस्थित भएर आदिवासी जनजाती हरुलाई शुभकामना  दि ने प्रचलन  थियो ।  केपी ओलीका पालामा भने कोरोनाका  कारण प्रधानमन्त्री भौतिक रुपमा उपस्थित हुने चलन तोडिएको थियो ।यसवर्ष पनि भर्चुअल बैठकमै जोडिएर भए

पनि   शुभकामना   दिनका  लागि   आदिवासी   जनजाति महासंघको टोलीले आइतबार प्रधानमन्त्रीको सचिवालयमा पत्र बुझाएको थियो  । सोमबार बिहानै महासंघका अध्यक्ष जगत  बरामले  प्रधानमन्त्री  देउवालाई  भेटेर   दिउँसो १२ देखि ३ बजेभित्र भर्चुअल  बैठकमा  जोडिन  आग्रह गरेका थिए । प्रधानमन्त्रीले म भर्चुअल बैठकमा अवश्यै सहभागी हुन्छु भन्ने आश्वासन दिएर पठाएका थिए ।

‘प्रधानमन्त्री बैठकमा  आउनुहुन्छ भनेर साथीहरुले उत्साह का साथ १२  देखि  साढे ३ बजेसम्म कुर्दा पनि उहाँ आउनु भएन’ उपाध्यक्ष छन्त्यालले भने, ‘प्रधानमन्त्रीले आदिवासी जनजातिलाई  महत्व  नदिएको  भन्दै  साथीहरु रि’साएका छन् । जुनसुकै   सरकार  आए  पनि  आदिवासी जनजाति लाई हेर्ने दृष्टिकोण उस्तै देखियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News