काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री वर्षमान पुनले नेकपा माओवादी केन्द्र जनयु”द्ध’कालदेखि नै राजनीतिको केन्द्रमारहेको बताउदै आगामी चुनावबाट देशको ने’तृत्व गर्ने पार्टी बन्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्र बाँके जिल्लाका नेता कार्यकर्ता लाई भ`र्चुअल माध्यमबाट प्रशिक्षण दिदै नेता पुनले माओवादीकै वि´चार अनुसार विगत २ दशकदेखि देश चलिरहेको उल्लेख गरे ।

आईपी खरेलको अध्यक्षता तथा प्रदेश अध्यक्ष ओनसरी घर्ती, बाँकेबाट निर्वाचित सांसद तथा केन्द्रीय सदस्य महेश्वर गहतराजको उपश्थितिमा भएको कार्यक्रममा नेता पुनले माओवादी एजेण्डामा देश हिँडि’रहेकाले ने`तृत्व पनि माओवादीकै हु’नुपर्ने बताए ।

‘नेपाली राजनीतिमा परिवर्तनका एजेण्डा अनुसार विगत २ दशकदेखि माओवादीले नेतृत्व गरिरहेको छ । माओवादीकै एजेण्डाअनुसार चुनावी गठवन्धन देखि सरकार बनाउने र देश चलाउने काम भईरहेको छ,’

नेता पुनले कार्यकर्तालाई प्रशिक्षण दिदै भने, ‘अव समाजवाद निर्माणको अभियानको ने’तृत्व पनि माओवादीले नै ग`र्नुपर्दछ ।’

देशमा आर्थिक उन्नती, सामाजिक रुपान्तरण, मजबुत राष्ट्रिय एकता र राष्ट्रियताका विषयमा स्पस्ट विचारसहित माओवादी जनताको बीचमा जाने र बलियो जनमत लिएरै देशको नेतृत्व गर्ने उनले बताए ।

‘हिजो हामी जनयु¥द्धमा हुँदा पनि एजेण्डाका हिसावले, विचारका हिसावले माओवादी नै राजनीतिको केन्द्रमा थियो । माओवादीले नै सेट गरेको एजेण्डा अनुसार देश अहिले अघि बढिरहेको छ ।

अब भोलीका दिनमा प्रतिस्पर्धात्मक राजनी तिमा पनि माओवादी देशको नेतृत्व गरेर अघि बढ्छ,’ नेता पुनले भने, ‘यो आजको माओवादी संकल्प हो । तपाईहरु त्यसका लागि तयार भएर बस्नुस्, पार्टी स्पस्ट अभियानसहित जनताको बीचमा पुग्छ ।’

नेता पुनले अहिले पनि माओवादी केन्द्र र देशका लागि प्रचण्डको नेतृत्व अपरिहार्य रहेको बताए । ‘स्पस्टविचार, वि`धि, पद्धति र प्रकृया अपनाएर अध्यक्ष प्रचण्डको ने’तृत्वमा पार्टी छिट्टै अभियानात्मक कार्यक्रम लिएर जनताकोमा जान्छ ।

यस्तो अभियानले माओवादी र जनताबीचको सम्बन्धमा पुनर्ताजगी ल्या`उने र माओवादी फेरी देशको ने’तृत्व गर्ने स्थानमा पुग्नेछ,’ नेता पुनले भने ।सुचनाकेन्द्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News