काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् ।सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विश्वासको मतको बेलामात्र संसद बैठक कक्षभित्र छिरेका ओली आज संसदमा सम्बोधन गर्ने भएका छन् ।

यस अघि ओली प्रधानमन्त्रीलाई बधाइ दिने बेलामा समेत ओली अनुपस्थिति रहेका थिए ।प्रधानमन्त्री देउवा तथा सत्ता गठबन्धनका नेता प्रचण्डले समेत संसदको पहिलो बैठकमा ओलीको खोजी भएको थियो ।

आजको प्रतिनिधिसभा बैठकमा प्रमुख विपक्षी दलको नेताको हैसियतमा ओलीले संम्बोधन गर्ने तय भएको बताइएको छ ।

ओलीले सरकार गठन, सर्वोच्चको परमादेश र यसबीचका घटनाक्रम तथा सरकारको न्युनतम साझा कार्यक्रममाथि प्रश्न उठाउने बताइएको छ ।

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि अध्यक्ष ओलीले पहिलोपटक संसदमा सम्बोधन गर्न लागेका हुन् ।

यो पनि,,द भ्वाइस अफ नेपाल” सिजन-३ को फस्ट रनरअप ताराको आमा सार्वजनिक ।

काठमाडौ : गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को फस्ट रनरअप तारा श्रीस मगरको स्वरमा रहेको गीत ‘आमा’ सार्वजनिक भएको छ ।

रश्मी काली थापाको शब्द, अष्ट लामाको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भ्वाइस अफ नेपालमा आफ्नो स्वरको जादुबाट सबैको मन जित्न सफल ताराको उक्त्त गीतले राम्रो चर्चा बटुल्न सफल भएको छ ।

गीतकारका रुपमा रश्मीको यो सार्वजनिक पहिलो गीत हो ।जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा अग्रज अभिनेत्री शर्मिला मल्ल र नायिका अफ्सना थापाको अभिनय रहेको छ ।

आमाका बारेमा लेखिएको यो गीतलाई निक्कै मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।गीत जति मनछुने छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।

परदेशमा रहेका नारीहरूले स्वदेशमा रहनुभएको आमाको सम्झनामा भाव पोखिएको छ ।विदेशमा रहँदा आमाको सम्झनाले ब्याकुल बनाएको गीतमार्फत प्रस्तुत गरिएको छ ।

दिपेन बस्न्यातको छायाँकन तथा सम्पादन रहेको भिडियो भकारी एमडिसीले निर्माण गरेको हो । गीतको भिडियो बेष्ट टोन म्युजिकको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News