काठमाण्डौं।लुम्विनी प्रदेशमा नेकपा माओवा दी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बनेसँगै मुख्यमन्त्री कार्यालयमा रमिता सुरु भएको छ । केसी मुख्य मन्त्री बने को भोलिपल्टै माओवादीका महिला कार्य कर्ता ले सरकारी भवनलाई टिकटक तथा डान्स हाउस बनाएका छन् ।

मुख्यमन्त्री कार्यालयको मर्यादा र अनुशासनलाई मिचेर टिकटक बनाउँदै नाच्दै गरेर मोजमस्तीको अवस्थामा महि ला नेतृहरु भेटिएका छन् । शुक्रवार मुख्यमन्त्री कार्यालय गएका माओवादी कार्यकर्ताले मुख्यमन्त्री कार्यालयका निजी सचिवको कार्यकक्षमै टिकटक बनाउंदै नाचगान गरेका हुन्।

उक्त भिडियो अहिले टिकटकमा भाइरल बनेको छ  बगेको नदी सुकेको कहाँ छ र, जनयुद्व हाम्रो रोकेको  कहां छ र’ बोलको गीतमा महिला नेतृ शान्ति बराल   नाँचेर टिकटक बनाइरहेकी छन् ।उनी सारी सर्काउँदै,कम्मर मर्काउँदै ठुम्का लगाइरहेकी छन् ।उनी नाच्दा कार्यालयमा रहेका अरु कार्य

कर्ताहरुले मुट्ठी उठाएर साथ दिइरहेको भिडियोमा देखिन्छ अन्य कार्यकर्ता हेरेर हाँसिरहेका छन् ।सबै मस्तीको मुडमा देखिन्छन् । भिडियोको पृष्ठभूमिमा लुम्बिनी प्रदेश सरकार लेखिएको देखिन्छ । बरालले शेयर गरे पछि नै सामाजिक” सञ्जालमा यो भिडियो भाइरल छ ।

“जित र सत्ताको उन्मादमा भएको यो कार्यको एमालेले” विरोध जनाएको छ ।मुख्यमन्त्री नियुक्त भएको दोस्रो दिन मै सरकारी कार्याल यलाई पार्टी संगठनको सम्पर्क कार्या लय जस्तो गरी नाचँ गान गर्ने मस्ती गर्ने कार्यले लुम्बिनी प्रदेशकै जनताको शिर निहुर्याएको भन्दै आलोचना सुरु भएको छ 

लेखक ऋषि आजादले मुख्यमन्त्री कार्यालयमा यसप्रका रको गतिविधि गरिनु अराजकता, अनुशासन हिन र अभद्र ताको पराकाष्ठा भएको बताए ।गठबन्धनको सहयोगमा मुख्यमन्त्री बनेको पहिलो दिनमै मुख्यमन्त्री जस्तो प्रदेशकै सबैभन्दा महत्वपूर्ण कार्यालयमा गरिएको यस्तो गतिविधि ले माओवादी कार्यकर्तामा सत्ता को उन्माद देखिएको र यसले छिट्टै अन्त्यको मार्ग तिर लैजाने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News