काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यमार्गी अभ्यास गरिरहेका र एकता बचाउने भन्दै लागि रहेका भीम रावललगायतका नेताहरूलाई आफूसँग बीच मा बसेर बार्गेनिङ गर्न नआउन आग्रह गरेका छन् । एमाले विभाजन हुँदा तेस्रो धारको रूपमा देखिएका दोस्रो पुस्ता

का नेताहरूले ओलीले कारबाही फिर्ता गर्नुपर्ने र १० बुँदे सहमति कार्यन्वयन गर्नुपर्ने भन्दै अल्टिमेटम दिएपछि त्यस लाई ओलीले बार्गेनिङको संज्ञा दिएका हुन् ।पार्टीका वरिष्ठ नेता माधव नेपालले छुट्टैदल निर्माणमा लाग्दा पनि अन्तिम समयमा नेपालको साथ् छाडेर मध्य”मार्गी धारमा” लागेका

नेताहरूले आफू निकट नेताहरूसँग गरेको छलफलपछि अध्यक्ष ओलीलाई ४ दिनको अल्टिमेटम दिएका थिए । बैठकमा एमालेको स्थायी र केन्द्रीय कमिटीका ५७ नेता उपस्थित भएर एकता बचाउने भन्दै अध्यक्ष ओलीलाई थप दबाब दिने निर्णयमा पनि पुगेका थिए तर “ओलीले यस्ता

नचाहिने कुरा मा अब बार्गेनिङ गर्न नआउनु भन्दै जवाफ फर्काएको ओली समुहकै एक नेताले बताएका छन् । ति नेताका अनुसार ओलीले आफू निकटका नेताहरूसँगको ब्रिफिङमा रावललगायतका समुहले आफूसँग बार्गेनिङ गर्नकै लागि यस्ता खालका छलफल आयोजना गर्नेगरेको

बताएका थिए । त्यतिमात्र होइन ओलीले ति नेताहरूलाई आफ्नो कित्ता क्लियर गर्न र बिचमा बसेर तमासा नगर्न पनि आग्रह गरेको बताइएको छ ।ओली निकटका नेताहरू ले पनि रावल लगायतका नेताहरूले दुबैतिर बार्गेनिङ गर्न कै लागि दबाब समूह बनाएको बताउनेगरेका छन् बार्गेनिङ

का लागि भनिएको अल्टिमेटमको कुनैपनि अर्थ नभएको उनीहरूको प्रतिक्रिया छ  एमाले बिबाद समाधानका लागि बनाइएको कार्यदल मा “माधव समुहको तर्फ बाट रहेका रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट’ रघुजी पन्तलगायत का नेता”हरू अहिले एकता जो”गाउने भन्दै मध्य मार्गी लाइनमा छन् ।”

“उनीहरू एकता जोगाउने भन्दै विभिन्न खाले दबाब दिइ रहेका बेला ओलीका तर्फबाट कार्यदलमा रहेका सदस्य हरू भने चुपचाप छन्। नेपाल समुहका नेताहरूले ओली लाई अल्टिमेटम दिँदापनि उनीहरू बार्गेनिङको लागि दिने अल्टिमेटमको अर्थ नहुने बताउने गरेका छन् । ५७ जना

नेताले भनेको १० बुँदे सहमति पार्टीले अनुमोदन गरिसके को र त्यसको कार्यान्वयनको लागि पार्टीको गतिविधिमा सहभागी ओली समुहको दाबी छ ।”“एमाले ओली समुह कै अर्का नेता शेरबहादुर तामाङले पनि ओलीलाई दिइए को अल्टिमेटम बार्गेनिङ नै भएको बताएका छन् ।

तामाङले उनीहरूले बिचमा बसेर दलाली गरिरहेको समेत बताए । उनले माधव समुहबाट फर्केर आउँनेहरूले उचित जिम्मेवारी समेत पाउने दाबी गरे।”५७ नेताले पार्टी विवाद समाधान गरेर एकताको लागि भन्दै गरेको प्रयासलाई पनि ओली समुहका सबै नेताले बार्गेनिङकै संज्ञा दिएका छन् ।

तर मध्यमार्गी समुहको बैठकमा भने अल्टिमेटम दिएर पनि ओलीले नमानेको खण्डमा माधव नेपालले सुरू गरेको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी)”मा जानुपर्ने बारे छल फल समेत भएको बताइएको छ ”“बैठकमा कतिपय नेता हरूले ओली नसुध्रने भन्दै यस्ता प्रयास गरेर समय खर्च

नगर्न आग्रह गरेका थिए । बैठक मा केही”बेर चर्काचर्की” भएको समेत बताइएको छ एमालेको विवादले चरमउत्कर्ष लिँदा वरिष्ठ नेता नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता अगाडी बढाएका छन् । एमालेमा माधव नेपाल निकट भनेर चिनिएका ५७ जना नेताहरू भने अब एकता जोगाउने भन्दै मध्यमार्गी बनेका छन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News