काठमाडौँ ।अफगानिस्तानका निर्वासित राष्ट्रपति अशरफ घनीले देश छोडेसँगै उनको परिवारको चर्चा पनि शुरु भए को छ। हालै उनकी छोरीको चर्चा सुरु हुँदैछ ।घनीकी छोरी न्युयोर्क शहरमा भव्य जीवन बिताइरहेकी छिन्, अर्कोतर्फ अफगानिस्तानमा जनजीवन कष्टकर छ । सोही समयमा,

उनका बुबा अशरफ घनीमाथि अफगानहरुलाई ठगी गरेर अरबौं रुपैयाँ लिएर फरार भएको आरोप लगाइएको छ ।
अशरफ घनी हाल संयुक्त अरब इमिरेट्स (युएई) मा छन् । उनीहरुले अफगानिस्तानको सरकारी कोषबाट २० अर्ब ८ करोड भन्दा धेरै रुपैयाँ चोरेर भागेका आरोप लागको छ ।

तर उनले आफू माथि गलत आ”रोप लगा’इएको जवाफ” फर्काएका छन् । घ’नीका दुई सन्तान अ”मेरिकी नागरिक हुन् घनीकी छोरी मरियम घनी न्यूयोर्कमा बस्छिन् अमेरिका को चर्चित अखबार न्यूयोर्क पोस्टको रिपोर्ट अनुसार ४२ वर्षीया मरियम घनी ब्रुकलिनको क्लिन्टन हिलस्थित एक लक्जरी अपार्टमेन्टमा बस्छिन् ।

अशरफ घनीकी छोरी मरियमघनी अमेरिकाकी एक फिल्म निर्माता र दृश्य कलाकार हुन् ।उनको जन्म र पालन पोषण अमेरिकामा भएको हो । उनी सामान्य अफगान महिलाहरु भन्दा धेरै फरक जीवन बिताउने गर्छिन् । उनी एक बोहेमि यन जीवनशैलीमा रमाउने गरेकी छिन् ।बोहेमियन जीवन

शैली त्यस्तो जीवनशैलीलाई जनाउँछ, कलाकारहरु प्रायः बस्छन्, जो कला, साहित्य र बन्जारोपमा अधिक रुचि राख्छन् । बोहेमियन जीवनशैली भएका मानिसहरु धेरै समय एकै ठाउँमा बस्न मन पराउँदैनन् ।रिर्पोटमा भनिएको छ कि मरियम घनी अफगानिस्तानको राजनीति र अफगान

समाजको वर्तमान स्थितिको बारेमा धेरै रिसाएकी छिन् । तर उनी न्यूयोर्कमा आफ्नो जीवन बिताइरहेकी छिन् ।
बिहीबार मरियम घनी न्युयोर्कमा एक साथीसँग देखिएकी थिइन् । अर्कोतिर उनका बुबा अशरफ घनीमाथि १६९ लाख डलर अर्थात २० अर्ब ८ करोड भन्दा रुपैयाँ लिएर

फरार भएको आरोप छ । न्युयोर्क पोस्टको रिपोर्ट अनुसार, मरियम घनी न्यूयोर्कमा वर्षौंदेखि बसोबास गरीरहेकी छिन् अमेरिकामा उनको आफ्नै विलासी घर छ ।सन् २०१५ मा न्यूयोर्क टाइम्सलाई दिएको एक अन्तर्वार्तामा उनले आफू लाई ब्रुकलिन क्लिच रूपमा चिनाएकी थिइन् ।

न्युयोर्क टाइम्सले आफ्नो रिपोर्टमा भन्यो कि मरियम घनी को घर जमिन देखि छत सम्म दराजले भरिएको छ दराज मा उनले धेरै किताबहरु राख्ने गरेकी छिन् ।अशरफ घनी की छोरीको विलासी घरमा सिरियामा बनेको सिरानी,पिता अशरफ घनीले उपहार दिएको तुर्कमेनिस्तान गलैचा पनि

राखिएको छ । अखबारले आफ्नो रिपोर्टमा दाबी गरेको छ कि अशरफ घनीकी छोरी मरियमको फ्रि”जमा ” धेरै प्रेरक उद्धाणहरु (भनाईहरु) लेखिएको छ ।उनको भान्सा पनि हेर्न लायक छ । न्युयोर्क पोस्टले दिएको जानकारी अनुसार मरियम घनीले अफगानिस्तानको वर्तमान स्थितिबारे

टिप्पणी गर्न अस्वीकार गरेकी छिन् न्यूयोर्क पोस्टलेआफ्नो रिपोर्टमा यो पनि भनेको छ कि उनी अफगानिस्तानको वर्त मान स्थितिलाई निकै रिसाएकी छिन् । उनले अमेरिकी हरु बीच एक अभियान चलाइरहेकी छिन्  उनी अफगानिस्तान को वर्तमान स्थितिको बारेमा पनि धेरै रिसाएको समाचार

मा उल्लेख गरिएको छ ।अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ घनीले एक भिडियो सन्देशमा अफगानिस्तानको वर्तमान स्थितिप्रति आफ्नी छोरी धेरै रिसाएकी छिन् भने का थिए । अशरफ घनीका अनुसार उनकी छोरी अमेरिका मा अफगानिस्तानको लागी लडिरहेकी छिन् ।र भर्खरै पनि

अशरफ घनीकी छोरीले एउटा पोस्टमार्फत अफगानिस्तान का जनतालाई सहयोग गर्न चाहेको उल्लेख गरेकी थिइन् । अफगानस्तानका जनतालाई सहयोग गर्नका लागि आफुले सक्दो प्रयास गर्ने उनको भनाई रहेको थियो ।त्यसका साथ साथै उनले अमेरिकामा अफगानिस्तानका विस्थापित

मानिसहरुका लागि चन्दा माग्दै आएकी छिन् ।रिपोर्टका अनुसार अशरफ घनीकी छोरी न्यूयोर्कमा बस्दै आएकी छन् । अशरफ घनीले दिएको जानकारी अनुसार उनकी छोरी कलाकारिताको माध्यमबाट तालिबानी शासनको विरोध गर्ने कोशिश गर्नेछिन् । उनी कलाको माध्यमबाट

ता”लिबान बि”रुद्ध अभियान चलाउनेछिन् ।हामी तपाईं लाई बताउन चाहान्छौं कि अशरफ घनीकी छोरी मरियम घनी अमेरिकी शहर ब्रुकलिनमा जन्मेकी हुन्।” उनले मेरी” ल्याण्डमा बसेर अध्ययन गरीन् । आफ्नो पढाई पूरा गरे पछि, उनी कलामार्फत संसारमा परिचीत भइन् । उनको

कला दुनियाभरका धेरै संग्रहालयहरुमा प्रदर्शित गरीएको छ उनको गुगेनहाइम र मोमा लन्डनमा रहेको टेट आधुनिक र न्यूयोर्कसहित दुनिया भरका संग्रहालयहरुमा प्रदर्शन गरी एको थियो ।अमेरिका मा जन्मेर हुर्के की “मरियम घनीले” पहिलो पटक २००२ मा अफगानिस्तानको पहिलो यात्रा

गरेकी थिइन् । सो समयमा उनले अफगानस्तानमा रहेको आफ्नो घर देख्ने मौका पनि पाइन् । त्यतिबेला उनको उमेर लगभग २४ बर्ष थियो अशरफ घनी २००२ मा अफ गानिस्तानको सरकारमा सामेल भएका थिए ।त्यसपछि सन् २०१४ मा उनी पहिलो पटक अफगानिस्तानको

राष्ट्रपति बन्न सफल भएका थिए । काबुलबाट भागेर युएई पुगेका घनीमाथि रसियाली दूतावासले गम्भीर आरोप लगाएको छ । दूतावासका अनुसार अशरफ घनी चारवटा कारमा १६९ लाख डलर भरेर हेलिकप्टरसहित भागेका थिए । तर, अशरफ घनीले बुधबार राष्ट्रपति भवन छोड्दा आफूसँग ठूलो रकम भएको भन्ने कुराको खण्डन गरेका छन् ।एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News