पोखरामा  शनिबार साँझदेखि परिरहेको पानी अझै रोकिए को छैन। निरन्तर परिहेको पानी सडकमै बगेर सेती नदी वा फेवाताल पुग्छ। पोखराका ढल प्रणालीले आकाशे पानीको भल  थेग्न  सक्दैन।  पोखराको    नदीपुर,   चिप्लेढुङ्गादेखि बगेको पानी महेन्द्रपुल हुँदै सेती नदीमा जान्छ।

शनिबार  साँझपख  पानी दर्केको बेला महेन्द्रपुल बजारको सडक भासिएको  छ। महेन्द्रपुलको  सडक भासिदा संचार कर्मी  सञ्जय   मल्ल त्यहीं  थिए।  शुरुमा  थोरै भासिएको सडक  विस्तारै  बढ्दै   गएको  उनले  बताए ।‘एउटा गाडी पार्किङ  गरिराखेको  थियो।  त्यहाँ  अगाडि सडकको भाग शुरुमा भासिएको हो,

पछि बढ्दै  गएर गाडी भएको ठाउँ वरिपरि पनि भा’सियो,’ उनले   भने, ‘तत्काल    गाडी    निकालियो,  नत्र   गाडी नै भासिन्थ्यो।’सडक  भासिएपछि मल्लले पोखरा महानगर र जिल्ला प्रहरी  कार्यालयमा  खबर गरेका थिए।सडक भासि एको ठाउँमा एउटा विजुलीको पोल परेको छ। पोल गाडिए कै ठाउँमा सडक भासिएको हो।

दु’र्घट’ना  हुन  नदिन  प्रहरीले  शनिबार  राती नै भासिएको खाडल    पुरेको   छ।  प्रहरी, महानगरको   टोली  र विद्युत प्राधिकरण पोखरा  मिलेर  खाडल  पुरेको   कास्की  प्रहरी प्रवक्ता  डिएसपी सुवास हमालले बताए।महेन्द्रपुलमा बगेर आउने आकाशे  पानीको  भल पनि गए राति नै तर्काइएको छ।

प्रहरी  टोलीले  भल  तर्काएको हो। राती भासिएको खाल्डो पुरिए पनि बिहानसम्म  भासिएको ठाउँ बढ्दै गएको स्थानी यले  बताएका  छन्। उनीहरुका  अनुसा र सडक  भासिएर फुटपाथतिर पनि बढ्दै गएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News