७ भदौ, काठमाडौं । काठमाडौं महानगर पालिकाले सम्पत्ति कर नतिर्नेहरुको घर आँगन तथा कार्यालय परिसरमा पञ्चेबाजा बजाउने भएको छ । महानग रपालिकाले यसअघि नै घरजग्गा र सम्पत्ति कर नबुझा  उने ५२ करदाता लाई ३० दिने सूचना दिएर नाम सार्व जनिक गरिसकेको छ । यसअघि २० जना करदाताको नाम सार्वजनिक गरेको थियो ।

तीमध्ये कर तिर्ने गरी प्रक्रियामा नआउने करदाताको कार्यालय तथा घर-आँगन परिसरमा बुधबारदेखि पञ्चे बाजा बजाउन लागिएको महानगरपालिकाका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले बताए । उनका अनुसार यि करदाताबाट करीब ७० करोड रुपैयाँ सम्पत्ति कर उठाउन बाँकी छ ।

‘र,चनात्मक ढंगले करदातालाई कर तिर्न आग्रह गर्न गर्न लगेका हौं,’ उनले भने,’पञ्चेबाजासँगै कर तिर्न आग्रह गर्दै नाचगान पनि हुन्छ ।’ उनले मौलिक बाजा बजाएर करदा तालाई सचेत गर्न लागिएको हो ।

अधिकारीका अनुसार करदाताबारे जानकारी दिएर गीत तयार गर्न र पञ्चेबाजा बनाउन बालुजुको एक महिला पञ्चेबाजा समूहलाई जिम्मा दिइएको छ । ‘महिलाहरुको सूमहले पञ्चेबाजा बजाएर नाचगान गरेपछि महानगर पालिकाले माइकिङ गरेर कर तिर्न आह्वान गर्छ,’ उनले भने ।

यो पनि पढ्नुहोस स्वास्थ्य राज्यमन्त्रीकै अस्प तालले तिरे  न महानगरलाई कर कर नतिर्नेहरू को सूचीमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको लगानी रहेको जनमैत्री अस्पताल देखि व्यवसा यी अजेय राज सुमार्गीसम्मको नाम छ ।

नेपाल विद्युत प्राधिकरण, खाद्य संस्थान, साझा भण्डार, राष्ट्रिय नाँचघर, कर्मचारी सञ्चयकोष लगायतका सरकारी तथा सार्वजनिक निकाय तथा संस्थानले पनि कर तिर्न अटेरी गरेको महानगरपालिकाले जनाएको छ । महानगर पालिकाको राजस्व विभागले लामो समयदेखि वडामार्फत भएको ताकेतालाई अटेर गरेका कारण नाम सार्वजनिक गर्नुपरेको जनाएको छ ।

नाम सार्वजनिक गरिएका करदाताले करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेल गायतका कानुनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर अ सुल गरिने विभागका प्रमुख डा. अधिकारीकाले बताए ।

अधिकारीकाअनुसार यसअघि असार १६ गते नाम सार्व जनिक गरिएका करदातामध्ये धेरै सम्पर्कमा आएका छन् । केहीले पहिलो किस्तावापत कर बुझाएका छन् । केहीले सम्पत्तिको विवरण बुझाएका छन् ।

सम्पर्कमा आउनेहरुले समय माग गरेर कर तिर्न मञ्जुर गरेकाले मौका दिइएको छ । तीमध्ये केही सम्पर्कमा आएका छैनन् । विभाग ती करदाताको सेवा बन्द गर्ने तयारी गरिरहेको छ ।

नाम सार्वजनिक गरिएकाहरुलाई लिखित तथा मौखिक सूचना गरिएको अधिकारीले बताए । सार्वजनिक सूचना जारी गरिएको छ । दिइएको समय सकिने बेला कार्यस्थ लमा गएर माइकिङ् गरिएको थियो ।

‘हामी करदाताको सहजताका लागि काम गरिरहेका छौँ, यसरी काम गर्दा पनि अटेर गर्नेमाथि कानुनी कारवाही चलाउनुबाहेक विकल्प छैन,’ अधिकारी भन्छन्,’हाम्रा अनुरोध र सूचनाको अटेर गर्नेहरुको घर, पसल र व्यव सायमा शिलबन्दी गरेर सरकारी बाँकी सरह राजस्व असुली गर्नुको विकल्प छैन।’

काठमाडौं महानगरपालिकाले महामारीको बहाना बनाएर सम्पत्ति कर तिर्ने समयावधिमा छुट नपाइने बताउँदै आएको छ ।

महामारीबाट प्रभावित भएकाका लागि व्यवसाय र घरब हाल कर तिर्न थप समय र छुट सुविधा दिएको बता’उँदै सम्पत्ति करमा त्यस्तो सुविधा दिन नसकिने बताए । ‘काठ माडौंका मुख्य शहरी क्षेत्रमा करोडौंको सम्पत्ति ओगटेर बस्नेले कर तिर्न सक्दैन ?’ उनी भन्छन्, ‘महामारी भनेर सम्पत्ति कर तिर्नबाट मु,क्ति पाइँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News