काठमाडौं :नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले  अघिल्ला  सरकारले बि’गारेको राजनीतिलाई सही ट्रयाकमा   ल्याएको   दाबी   गरेका छन्। सोमबार रिपोर्टर्स क्लबको  एक  कार्यक्रममा  बोल्दै उनले जनताको आवश्य कतालाई  प्राथमिकतामा   राखेर    कांग्रेसले    काम   गर्ने बताएका हुन्।

उनले   भने,  ‘अहिले  कांग्रेसको   सरकारले   यसअघिको सरकारले बि’गारेको राजनीतिलाई सही ट्रयाकमा ल्याएको छ। हाम्रो यो सरकार आकाश र पातालको कुरा गर्दैन। बरु, जनताको  आवश्यकता  प्राथमिकतमा  केन्द्रित भएर काम गर्छौं। यही प्रण प्रधानमन्त्रीज्यूले गर्नुभएको छ।’

नेकपा  बहुमतसहित  सरकारमा  आएपनि कामभन्दा बढी गफ गरेको  स्मरण  गराए। ‘त्यो  सरकारबाट  आश्वासनको पोका मात्रै बाँड्ने काम  भयो। बोल्ने  एउटा अनि गर्ने अर्कै गरे, त्यो मिथ्या रहेछ। जनतालाइृ झुकाउने काम मात्रै गरे।’ उनले  भने,  ‘हामी  कांग्रेस  काम  गर्छौं । तर, जनतामा यो पुग्दैन्। तर, कम्युनिष्टहरु भने हामीले गरेको भन्दै जनतामा पुग्छन्।’

उनले  प्रधानमन्त्री  शेरबहादुर  देउवाले  कोभिडबाट देश र जनतालाई  बचाउने   भनेर   सार्वजनिक रुपमै प्रतिबद्धता व्यक्त गरेको सुनाए । उनले कांग्रेस फरक हो भनेर देखाउने बताए।न महतले  आगामी  निर्वाचनमा  जनताको मन छुने गीत/संगित लिएर जानुपर्ने बताए।

कांग्रेसले  कम्युनिष्टबाट  सिक्ने  दुई  वटा कुरा भएको पनि उनले उल्लेख गरे। पहिलो कुरा ।भनेको  संगठन निर्माण र अर्को प्रचार  भएको  उनको  भनाई छ। उनले भने,‘हामीले कम्युनिष्टलेजस्तो  झुठो  प्रचार  गर्न  आवश्यक   छैन्। तर, गरेको कामको प्रचार त गर्नुपर्‍यो नि।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News