भदौ, काठमाडौं चमत्कार भन्नलायक कुनै परिघटना नभए प्रतिनिधिसभाको सबभन्दा ठूलो दल नेकपा (एमाले)को विभाजनले भदौमा वैधानिकता पाउनेछ एमालेबाट अलग भएर बनेको नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्यहरुलाई निर्वाचन आयोगले सनाखतका निम्ति बुधबार बोलाएको , २० प्रतिशत केन्द्रीय सदस्य पुगे पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले विभाजन गर्दै भदौमा नयाँ दल दर्ता गरेको पार्टीले वैधानिकता पाउनेछ

यो विभाजन रोक्न लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर हाल नयाँ पार्टी गठनमा सहभागी नभएका सात पदाधिकारीसहित स्थायी कमिटीका नौ सदस्य प्रयासरत छन् नयाँ दल दर्ता गराउन नेता माधव नेपाललाई साथ नदिएका उपमहासचिव घनश्याम भुसालसहित तीन उपाध्यक्ष (युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य भीम रावल), तीन सचिव (गोकर्ण विष्ट, भीम आचार्य योगेश भट्टराई) स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे रघुजी पन्त एमाले जोगाउन दुवै पक्षलाई आग्रह गरिरहेका छन्

पाँचवर्षे जनादेश पाएर पनि पार्टी अध्यक्ष ओलीले प्रधानमन्त्रीको हैसियतमा संविधानले नदिएको अधिकार प्रयोगमार्फत संसद भंग गर्नतिर लागे त्यही कदमका कारण सत्ताबाट ओलीको बहिर्गमनसँगै एमाले विभाजित हुन लागेको

२७ असारको १० बुँदे कार्यान्वयन, माधव नेपाल सहित १४ जनालाई गरिएको कारबाही नयाँ दल दर्ता प्रक्रिया रोक्दा एमाले एकता जोगिने नेताहरूको तर्क

तर नेता नेपाल नयाँ पार्टी बनाउने प्रक्रियामा रोकिएका छैनन् सोमबार भएको भेटमा अध्यक्ष ओली १० बुँदे सहमति कार्यान्वयन गर्न सैद्धान्तिक रुपमा सहमत भएका छन् तर माधव नेपाल विनाको एकता संस्थापन पक्षको चाहना हो उनले यही भदौ अन्तिम साता विधान महाधिवेशन मंसिरमा दशौं महाधिवेशन गर्ने कार्यतालिका सहितको गतिविधि रोकेका छैनन् माधव नेपाल पनि गत चैतको राष्ट्रिय कार्यकर्ता भेलाबाट बनेको प्रदेश, जिल्ला, स्थानीय तह, जनसंगठन प्रवासको समानान्तर कमिटीलाई नयाँ पार्टीको रुप दिनेतिर लागेका छन् नेपालनिकट नेता जगन्नाथ खतिवडा बाध्यतावश आइपरेकोएमाले पुनर्गठनप्रक्रियाबाट पछाडि हट्न सकिने स्थिति अब नरहेको बताउँछन्

ओली निकट नेताहरुले भने १० बुँदे कार्यान्वयन भइसकेकाले विभाजनको औचित्य नरहेको बताउने गरेका छन् दशबुँदे कार्यान्वयन भइसकेपछि राजनीतिक एजेण्डा बाँकी देखिएन,’ एमाले प्रमुख सचेतक विशाल भट्टराई भन्छन्, ‘उहाँ (माधव नेपाल)लाई प्रशासनिक पद चाहिएको रहेछ

दुई पक्षका गतिविधि त्यसको बचाउमा आइरहेका भनाइहरुले गत पुसमा प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमपछि राजनीतिक रुपमा विभाजित एमाले भदौमा वैधानिक रुपमा अलग हुने देखाउँछ त्यसदिनदेखि अध्यक्ष ओलीले संसदमा दुईतिहाइ नजिकको जनमत पाएर पनि प्रधानमन्त्रीबाट पदच्यूत भएको उनको नेतृत्वमा एमाले एकताबद्ध रहन नसकेको दोष खेप्नुपर्नेछ त्यसैले एकता जोगाउनकै लागि पार्टी निर्णय उल्लङ्घन गर्नेहरुलाई पटकपटक माफी दिइएको थियो,’ ओली निकट एक नेता भन्छन्

यो पटकको विभाजन भने यसअघि जस्तो दुई टुक्रामा मात्र सीमित रहने देखिन्न उपाध्यक्ष वामदेव गौतमले गत १४ माघबाट आफ्नै नेतृत्वमाराष्ट्रिय एकता अभियाननामक संरचना चलाइरहेका छन् माधव नेपाललाई साथ दिँदै आए पनि बीचमापार्टी एकता जोगाउनतटस्थ बसेका नेताहरूले भदौपछि कस्तो निर्णय लिन्छन् भन्ने प्रष्ट छैन अर्थात् ७५३ मध्ये २९४ स्थानीय तह, सातमध्ये प्रदेश संघीय संसद (२७५ सदस्यीय प्रतिनिधिसभामा १२१ ५९ सदस्यीय राष्ट्रियसभामा ३४ सिट रहेको) को पहिलो दल एमाले पार्टी जीवनको सबभन्दा ठूलो संकटमा देखिएको

ओलीले पछ्याएको बाटो

२०५४ सालमा भएको पार्टी विभाजनका कारण संसदको पहिलो दल हुन २० वर्ष कुर्नुपरेको एमालेमा अबको फुटले असर नपार्ने अध्यक्ष ओलीले बताउने गरेका छन् पछिल्लो पटक भदौमा भक्तपुरमा आयोजित सभामा उनले एमाले विभाजन नभएर केही नेता बाहिरिएको आगामी चुनावमा पनि एमालेले बहुमत ल्याउने बताए विगतमा भने विभाजनपछि कुनै पनि चुनावमा पहिलो दल समेत बन्न नसकेको तथ्य बरू, माधवकुमार नेपाल झलनाथ खनाल जस्तै ओलीले नेतृत्व गर्दा पनि एमाले विभाजित हुन पुगेको विभाजनको असर कति ठूलो हुन्छ भन्ने चाहिं आउने चुनावको परिणामले देखाउनेछ

तर एकताबाट शक्ति आर्जन गर्ने मदन भण्डारीको पथमा नभएर खनाल, नेपाल, वामदेव गौतम, सीपी मैनाली, अशोक राईहरुकै बाटोमा ओली पनि हिंडेका छन् गौतम, मैनालीहरुले २०५४ मा एमाले विभाजन गर्दा पार्टी नेतृत्वमा माधव नेपाल थिए त्यो विभाजन तत्कालीन पार्टी महासचिवका रपमा नेपालले रोक्न सकेनन् जसको परिणाम संसद राष्ट्रिय राजनीतिमा देखियो २०५१ मा ८८ सिटसहित पहिलो दल बनेर नौ महिना सरकार चलाएको एमाले २०५६ मा ७१ सिटमा खुम्चिँदै दोस्रो दल बन्यो मत परिणामले पनि विभाजनको असर पुष्टि हुन्छ २०५१ मा २३ लाख ५२ हजार मत (लोकप्रिय मत) ल्याएको एमालेले २०५६ मा २७ लाख २८ हजार मत पायो नेपाली कांग्रेसले ३२ लाख १४ हजार मत सहित १११ सिट जित्यो एमालेबाट विभाजित भएर बनेको मालेले लाख ६७ हजार लोकप्रिय मत पायो, तर एक सिट पनि जित्न सकेन एमालेलाई हराउन चाहिं राम्रो भूमिका खेल्यो एमाले मालेले ल्याएको मत जोड्दा भने कांग्रेसको भन्दा धेरै हुन्छ

 

त्यो विभाजनको असर २०६४ को निर्वाचनमा पनि देखियो २०५८ मा वामदेव गौतम नेतृत्वको माले एमालेमा एकीकृत भयो तर सीपी मैनालीले मालेको नेतृत्व गरेर अलग पार्टी कायमै राखे २०६४ को चुनावमा माओवादी अत्याधिक मतसहित पहिलो शक्ति बन्दा एमाले तेस्रो दलमा खुम्चिनु परेको थियो त्यसबेला कांग्रेसले २३ लाख ४८ हजार लोकप्रिय मत पाउँदा एमालेले २२ लाख २९ हजार पायो मैनालीले नेतृत्व गरेको मालेले दुई लाख ४३ हजार मत पाएको थियो

 

चुनावी पराजयको नैतिक जिम्मेवारी लिएर माधव नेपालले महासचिवबाट राजीनामा दिएपछि झलनाथ खनाल एमाले नेतृत्वमा आए खनालले नेतृत्व गरिरहँदा फेरि एमाले विभाजन भयो २०५४ जस्तो ठूलो विभाजन नभए पनि २०६९ मा अशोक राईसहित जनजाति नेताहरुले एमाले परित्याग गरेको असर निर्वाचनमा देखियो नै

२०७४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअघि एमालेले विभाजन बेहोरेको थिएन, बरू माओवादीसँग गठबन्धन गर्‍यो गठबन्धनको लाभ दुवै दलले पाए यो चुनावमा लोकप्रिय मततर्फ कांग्रेसभन्दा एमालेले ४५ हजार मात्रै बढी पाएको थियो एमालेले ३१ लाख ७३ हजार कांग्रेसले ३१ लाख २८ हजार मत पायो तर माओवादीसँगको गठबन्धनका कारण प्रतिनिधिसभामा एमालेले १२१ सिट जित्यो भने कांग्रेस ६३ सिटमा खुम्चियो १३ लाख लोकप्रिय मत पाएको माओवादीले ५३ सिट जितेर कांग्रेसकै हाराहारी हैसियत बनायो

पाँचौं महाधिवेशन (१४२० माघ २०४९) मा प्रस्तुत राजनीतिक प्रतिवेदनको बुँदा आठमावामपन्थी एकता पार्टी एकीकरणबारे व्याख्या भण्डारीपछि एमालेको नेतृत्वमा आएकाहरुले यो व्याख्यामा उति ध्यान दिएनन् परिणामस्वरुप बुधबार अर्थात् भदौमा आफ्नो पार्टी जीवनमा सबभन्दा बढी अंगभंग हुनेछ नेकपा एमाले

पार्टी विभाजन भनेपछि जनताले जित्दैन भन्ने अनुमान गर्छन्, तर एकता भन्नासाथ उत्साहित हुन्छन् फुटेर कहिल्यै पार्टी आन्दोलन अगाडि बढेको छैन,’ एमाले केन्द्रीय सदस्य निरज आचार्य भन्छन्, ‘२०४८ यताका हरेक निर्वाचनको मतपरिणामबाट त्यो पुष्टि हुन्छ

 

मदनको त्यो नेतृत्व

सामथ्र्य सुविधाका हिसाबले २०७४ सालको मत परिणाम एमाले पार्टी जीवनकै स्वर्णिम थियो तीनै तहमा पहिलो शक्ति मात्रै होइन, माओवादीसँग एकता गरेकाले संविधान कार्यान्वयन गर्दै मुलुक निर्माणकै नेतृत्व गर्ने अवसर विशेषगरी अध्यक्ष ओलीले पाएका थिए उनले त्यो अवसरको उपयोग भने गरेनन् बरू पाँचवर्षे जनादेश पाएर पनि पार्टी अध्यक्ष ओलीले प्रधानमन्त्रीको हैसियतमा संविधानले नदिएको अधिकार प्रयोगमार्फत संसद भंग गर्नतिर लागे त्यही कदमका कारण सत्ताबाट ओलीको बहिर्गमनसँगै एमाले विभाजित हुन लागेको

 

यो विभाजनले मदन भण्डारी बाहेक अन्य नेताको नेतृत्वमा पार्टी एकता नजोगिएको तथ्य पनि स्थापित हुनेछ चौथो महाधिवेशन (१४ भदौ २०४६) बाट तत्कालीन मालेका महासचिव निर्वाचित भण्डारीले भने पार्टीको सांगठानिक, राजनीतिक सैद्धान्तिक मार्गचित्र कोरेका थिए महासचिव बनेपछि उनले पञ्चायती निरंकुशताको अन्त्य गर्न वाम मोर्चा निर्माण कांग्रेससँग कार्यगत एकताको नीति लिएका थिए नभन्दै वामप्रजातान्त्रिक शक्तिको संयुक्त आन्दोलनबाट बहुदलीय व्यवस्था पुनर्स्थापना भयो त्यसलगत्तै माले मार्क्सवादीबीच एकता भएर नेकपा (एमाले) बन्यो मालेका युवाहरुको जोश मार्क्सवादीका नेताहरुको अनुभवले पार्टीमा उर्जा ल्याएको थियो,’ पुराना नेता बेदुराम भुसाल सम्झन्छन्

 

एकीकृत पार्टीले २०४८ को निर्वाचनमा शानदार नतिजा ल्यायो २०१५ को निर्वाचनमा १०९ सिटमध्ये ७४ सिट जितेको कांग्रेसले २०४८ मा २०५ मध्ये ११० सिट जित्यो २०१५ को चुनावमा नेपाल कम्युनिष्ट पार्टीले जम्मा चार सिट जितेको थियो २०४८ को निर्वाचनमा ६९ सिट जितेको एमाले सशक्त प्रतिपक्ष बन्यो लोकप्रियतर्फ २०४८ मा कांग्रेसले २७ लाख ४२ हजार मत ल्याउँदा एमालेले २० लाख ४० हजार ल्यायो जबकि २०१५ मा कांग्रेसले लाख ६६ हजार मत पाउँदा कम्युनिष्टले एक लाख २९ हजार मात्र पाएको थियो

 

पाँचौं महाधिवेशनबाट जनताको बहुदलीय जनवाद (जबज)को कार्यक्रम ल्याएर पार्टीलाई सैद्धान्तिक रुपमा प्रष्टता दिएका भण्डारीले संगठनलाई थप मजबुत बनाउन वाम एकतालाई जोड दिएका थिए तर २०५० जेठमा महासचिव भण्डारी संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगा दुर्घटनामा मृत्यु भयो उनको निधनपछि २०५१ को मध्यावधि निर्वाचनमा एमाले पहिलो दल बन्यो केही वर्ष अगाडि जुटेको एमाले त्यो चुनावमा एकताबद्ध थियो

 

२०४८ २०५१ को निर्वाचनमा एमालेले शानदार नतिजा ल्याउनुको पछाडि प्रष्ट सैद्वान्तिक कार्यदिशा एकताबद्ध संगठनले काम गर्‍यो पाँचौं महाधिवेशन (१४२० माघ २०४९) मा प्रस्तुत राजनीतिक प्रतिवेदन (नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद) मार्फत भण्डारीले राजनीतिक सांगठानिक सफलताका निम्ति वामपन्थी एकता एकीकरणमा जोड दिएका थिए उक्त प्रतिवेदनको बुँदा आठमावामपन्थी एकता पार्टी एकीकरणबारे व्याख्या भण्डारीपछि एमालेको नेतृत्वमा आएकाहरुले यो व्याख्यामा उति ध्यान दिएनन् परिणामस्वरुप बुधबार अर्थात् भदौमा आफ्नो पार्टी जीवनमा सबभन्दा बढी अंगभंग हुनेछ नेकपा एमाले ।श्रोत अनलाइन खवर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News