वि.सं.२०७८  साल  भदौ  ०८ गते । मंगलबार ।  ईश्वी  सन् २०२१ अगष्ट  २४ तारिख ।  नेपाल  संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–  द्वितीया , बेलुकी  ०४  बजेर १७ मिनेट उप्रान्त  तृतीया । नक्षत्र– पूर्वाभाद्रपदा,  बेलुकी  ०९  बजेर ०८ मिनेट उप्रान्त उत्तराभाद्रपदा ।

योग– सुकर्मा,  बिहान  ०९  बजेर १३ मिनेट उप्रान्त धृती । करण– गर , बेलुकी  ०४  बजेर  १७ मिनेट उप्रान्त वणिज, रातको ०४ बजेर २२  मिनेट  उप्रान्त भद्रा । आनन्दादिमा–काण योग ।  चन्द्रराशि –कुम्भ,  दिउसो २ बजेर ५७ मीन ।
काठमाडौँमा सूर्योदय  बिहान  ०५ बजेर ३८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३१  मिनेट । दिनमान ३२ घडी ११ पला ।

मेष: (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)   घर  परिवारमा आत्मि यताको भाव बढ्नेछ  भने  मित्रताको बन्धन कसिलो भएर जानेछ  । प्राकृतिक  स्रोत  तथा  साधनको   प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ ।

वृष:(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यवसाय फस्टाएर जानेछ   भने उद्योगमा लगानी गरी रोजगारीका अवसरहरू सिर्जना  गर्न  सकिनेछ   । बुवा  बुवा   सरहका मानिसबाट तपाईंको  काममा  सहयोग  हुनाले  अन्य  काम  गर्न सहज हुनेछ ।

मिथुन : (का,की,कू,घ,ङ,छ,के,को,हा)    लामो      दुरीको शैक्षिक  तथा धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ सामाजिक  कामहरू   गर्न   सकिने   हुनाले मान मर्यादामा वृद्धि हुनेछ ।

कर्कट:  (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)   काम  गर्ने सवालमा आलोचनाको  सिकार हुँदा  मन  खिन्न  हुनेछ ।  स्वास्थ्यमा समस्या आई औषधी खर्च बढ्ने योग रहेको छ ।

सिंह:  (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)     पारिवारिक  सम्वन्ध, दाम्पत्य जीवन  तथा  माया  प्रेममा सामीप्य बढेर जानेछ । पारिवारिक  जमघटमा  सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

कन्या:  (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) शत्रु तथा प्रतिस्पर्धीहरु लार्ई हरेक  क्षेत्रमा  परास्त गर्दै भने जस्तो उपलब्धि हासिल गर्न  सकिनेछ ।  आम्दानीका   स्रोतहरू   फराकिला   पार्दै तत्काल नयाँ व्यवसाय थालनी गर्न सकिनेछ ।

तुला:  (रा,री,रु,रे,रो,ता,ती,तू,ते) विद्यामा गरिएको लगानी बाट सकारात्मक नतिजाको अपेक्षा गर्न सकिनेछ । प्रेमको डोरो कसिने  तथा  घर  परिवारमा   सबैसँगको  सम्बन्धमा सुमधुरता बढेर जानेछ ।

वृश्चिक:  (तो,ना,नी,नू,ने,नो,या,यी,यू)  सवारी  साधन तथा घरजग्गामा   गरिएको   लगानी  फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यवसायबाट  भने सन्तोष जनक आम्दानी हुनेछ ।  साँझको   समय   राम्रो   रहेकोले भौतिक सम्पत्ति उपहारको रूपमा प्राप्त हुनेछ ।

धनु :(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नोकरीमा सम्मान तथा राजनीतिमा लाग्नेहरूले विशेष पद पाउने समय रहेको छ । छोटो   तथा   अर्थपूर्ण   उपलब्धिमूलक   यात्राको तय गर्न सकिनेछ भने गन्तव्य पहिल्याउँदै अगाडी बढ्न सकिनेछ ।

मकर:  (भो,जा,जी,जू,जे ,जो,ख ,खी,खू,खे ,खो ,गा,  गी) साथीभाइ  तथा  आफन्तसँगै  रहेर  स्वादिष्ट  भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।  व्यापार व्यवसाय फस्टाएर जाने तथा पहिले गरेका  लगानीबाट  मनग्गे भन लाभ हुने योग रहेको छ ।

कुम्भ:  (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पारिवारिक माहौलमा दिन  बित्ने  हुँदा  मन  प्रसन्न  हुनेछ । प्रेममा सफलता तथा सामीप्य   बढ्नेछ   । विद्यामा   गरिएको   लगानीबाट  राम्रै प्रतिफल प्राप्त हुनेछ ।

मीन: (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अस्वाभाविक खर्च बढ्ने हुँदा मन  चिन्तित  रहनेछ ।  शारीरिक  कष्ट तथा आँखामा समस्या देखिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News