काठमाण्डाै – प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओली जनताको बहुदलीय जनवाद (जबज) को सबै भन्दा विरोधी रहेको आरोप लगाउनुभएको छ ।’

‘चन्द्रागिरिमा पार्टीका नेताहरूको प्रशिक्षण कार्यक्रममा अपिल सार्वजनिक गर्दै अध्यक्ष नेपालले जबजका कुनै पनि सिद्धान्त ओलीले नमानेको र राजा/महाराजाको हुकुमी शैली अपनाएकाले उहाँ जबजको सबैभन्दा विरो  धी ठहरिने बताउनुभएको हो ।’

‘केपी शर्मा ओली जबज पनि आफूले नै लेखेको दाबी गर्ने खालका नेता भएको उल्लेख गर्दै नेता नेपालले कम्यु निस्ट आदर्श र सिद्धान्तलाई ओलीले सिद्ध्याएकाे आरोप लगाउनुभयो ।

‘केपी शर्मा ओली गणतन्त्र विरोधी भएको र तत्कालीन राजा ज्ञानेन्द्रसँग सहकार्य गर्ने तयारीमा रहेको नेता नेपालको जिकिर छ ।’

‘ओलीले अहिले गरिब, निमुखा, सर्वहारा, श्रम जीवीको कुरै सुन्न नचाहने र सामन्त, भ्रष्ट र बिचौलियासँगको मात्रै सङ्गत गरिरहेको नेता नेपालको आरोप छ ।’

‘माधव नेपालको अध्यक्षतामा भोलि बुधवार निर्वाचन आ’योगमा नेकपा एकीकृत समाजवादी द’र्ता गर्ने तालिका रहेको छ । पार्टी दर्ताअघि हिजो साेमवारदेखि पार्टीका नेताहरूको भेला चलिरहेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News