निकै कम  उमेरमा आफ्नो लुक्सका कारण चर्चामा हासिल गर्ने फ्रेन्च  मोडल  थायलेन ब्लोन्डेउ एकपटक पुनः चर्चामा आएकी  छिन्  । उनी  हालै   आफ्ना   प्रेमीसँग  रिल्याक्स गरिरहेको देखिएकी  थिइन् । थायलेनले  सबैभन्दा पहिला चर्चा ६ वर्षको  उमेरमा  बटुलेकी थिइन् जब उनी संसारकी सबैभन्दा सुन्दर केटीको रुपमा मिडियामा छाएकी थिइन् ।

सन्  २००७  मा  थायलेनलाई  टीसी    क्यान्डलरको   सय सबैभन्दा  सुन्दर   अनुहारको  सूचीमा   समावेश  गरिएको थियो ।  स्मर ण रहोस्,  यो  प्रियंका चोपडा र थुप्रै हलिउड स्टारको पनि  प्रवेश  भइसकेको  छ । जब थायलेनलाई यो सूचीमा  समावेश  गरियो , त्यसको  दुई  वर्ष अघि नै उनले आफ्नो मोडलिङ करियर सुरुवात गरिसकेकी थिइन् ।

थायलेनले  ४  वर्षको  उमेरमा  नै मोडलिङ गर्न सुरु गरेकी थिइन् र उनी निकै साना उमेरबाट नै र्याम्पवक गर्न थालेकी थिइन् । उनकी आमा  पनि  फेसन डिजाइनर थिइन्, यस्तो मा थायलेनले   फेसन  इन्डष्ट्रिमा  एक्सपोजर  पाइन् । उनी ६ वर्षको हुँदा एउटा  तस्बिर  भाइ’रल भएको थियो त्यसप छि उनी सबैको नजरमा परिन् ।

त्यसपछि  उनी  १० वर्षको उमेरमा निकै विवादमा आएकी थिइन्  । वास्तवमा  उनी  वोगको  एक फोटोसुटको क्रममा सुनौलो परिहन, हाई हिल्स र मेकअपमा देखिएकी थिइन् । त्यसपछि  आ’लोच’कले  यो    फोटोसुटको   सहारामा १० वर्षकी  थायलेनलाई  सेक्सुएलाइज  गराउने कोसिस गरिए को आ’रो’प लगाए ।

यी आ’रो’पमा  थायलेनकी  आमाले  जवाफ   दिँलै भनेकी थिइन्, ‘म  बुझ्न  सक्छु  कि  केही  मानिसहरुका लागि यो चकित पारिदिने  किसिमको  छ । म  आफैं  पनि यो फोटो सुटको  क्रममा  चकित  थिएँ । तर   वास्तविकत यो हो कि फोटोसुटका  बेला   मे री छोरीले जुन   नेकलेस  लगाएकी थिइन्, त्यसका  लागि म अचम्मित थिएँ । उक्त नेकलेसको मूल्य ३ मिलियन पाउन्ड थियो ।’

चाइल्ड मोडलिङमा सफल करियरपछि उनी फेसन इन्डिष्ट्रि मा आफ्नो छुट्टै  स्थान  हासिल  गर्न   सफल   रहिन् । सन् २०१७  मा  उनले  मिलान  फेसन   विकमा युवा मोडलको रुपमा सुरुवात गरिन्  । त्यसपछि उनलाई लरियलको ब्रान्ड एम्बेसेडर बनाइएको थियो  । अब  उनको आफ्नै क्लादिङ ब्रान्ड पनि सुरु भइसकेको छ ।

थायलेन  फुटबलका  पूर्व  खेलाडी  पेट्रिक ब्लोन्डेउ र फ्रेन्च मोडल   वेरोनिककी   छोरी हुन्  । थायलेन  अब  २०   वर्ष पुगिसकेकी छिन् र थुप्रै शीर्ष ब्रान्डकी अनुहार हुन् । उनको इन्स्टाग्राममा ४०  लाखभन्दा   बढी फलोअर्स   छन् र उनी आफ्नो   क्लोदिङ    ब्रान्डलाई  सोसल   मिडियामा    पनि प्रोमोट गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News