भारतको नयाँ दिल्लीमा उपचाररत नेता झलनाथ खनालले नेकपा   (एकीकृत समाजवादी)  को   बैठकलाई सम्बोधन गरेका  छन् ।  चन्द्रागिरिमा   रिसोर्टमा   जा री सो पार्टीको केन्द्रीय समिति बैठकलाई नेता झलनाथ खनालले मंगलबा र भर्चुअल रूपमा सम्बोधन गरेका हुन् ।

त्यस   क्रममा  वरि ष्ठ नेता खनालले  नयाँ  पार्टी निर्माणका लागि  विद्रोह  गरेको  भन्दै   पार्टीलाई    अनुशासित , एक ढिक्का  र  सामूहिक  ढङ्गले   अगाडि  बढाउनुपर्ने बताए । त्यस्तै  उनले  नयाँ  क्रान्तिकारी   पार्टी अघि   बढाउन ठुलो चुनौती भए पनि त्यतिकै सम्भावना पनि रहेको बताए ।

‘हामीसामु  ठुलो  चुनौती  छ तर तर   सम्भावना  पनि छ । हाम्रो सफलता सुनिश्चित  छ । बाटो  सजिलो छैन, काँडा र भीरपाखाहरु छन् ।  हामी  भीर पाखामै  हुर्केका हौ,त्यसैले हामी सफल हुन्छौ’,   नेता खनालक भनाइ छ ।उनले आम नेता कार्यकर्ताले केपी ओलीको दमन र दक्षिणपन्थी

अवसरवाद  नबिर्सेको  भन्दै पार्टीको वैचारिक क्रान्तिकारी दिशा महत्त्वपूर्ण हुने र त्यसैले पार्टीको दिशा तय गर्ने बताए आफू  अस्पतालको  शय्याबाट   बोलिरहेको    भन्दै  उनले नेपालमा रहेका  साथीहरूलाई सबभन्दा पहिला पार्टी दर्ता गर्न सुझाव  पनि दिए  । ‘पहिला  पार्टी  दर्ता गरौँ त्यसपछि पार्टीका नीति सिद्धान्त अपडेट गर्नुपर्छ’, खनालको सुझाव छ ।

उनले   एमाले     स्थायी   समितिका    धेरै   साथीहरूलाई मध्यपन्थी दृष्टिकोणले निकै नराम्रोसँग अल्झाएको बताए । ‘मध्यपन्थ  भनेको   पनि   अवसरवादको  एउटा  रूप हो । त्यसले  अन्तिममा  दक्षिणपन्थलाई   सघाउँछ’,   खनालले मध्यमार्गी  नेताहरूप्रति  लक्षित  गर्दै भने, ‘तर मध्यपन्थको आयु कहिल्यै  पनि  लामो हुँदैन । यसको आयु छोटो हुन्छ, अल्पायु हुन्छ ।’

उनले  दक्षिणपन्थी  अवसरवादमाथि  दरिलो हमला गर्नुपर्ने भन्दै उनले त्यति नै। क्रान्तिकारी मार्क्सवादको विकास गर्न सकिने बताए । आफूहरूसँग सशक्त वैचारिक क्रान्तिकारी शक्ति निर्माण   गर्नसक्ने  क्षमता  रहेको  भन्दै  त्यो शक्तिले ठुलो    परिवर्तनको  महसुस    गर्न  सकिने  बताए । उनले जनवादी   क्रान्ति   पुरा  गरिसकेको   भन्दै   जबजको युग सकिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News