नेपाली लोक गीतको क्षेत्रमा निकै नै परिचित नाम हो विष्णु माझी।उनी स्याङ्झा जिल्लामा स्थित एक गरिब परीवारमा जन्मेकी हुन् र सानै देखि गाउँमा विभिन्न मेला पर्वहरूमा गीत गाउँदै आइरहेकी थिइन्।’

‘उनले गायका लोक गीत हीट नभएका सायदै होलान्।उनले पाँच कक्षासम्म मात्रै अध्ययन गरेकी छिन्।पछि उनी लोक गायक तथा संगीत कार सुन्दरमणी अधिकारीसँग बिहे गरिन्।’

‘विष्णु माझीले आफ्नो करियर नै गीतमा बिताएकी भए तापनी उनी आज बत्ती मुनीको अध्याँरोमा छिन्।धेरैले विष्णु माझीको बारेमा कुराकानी तथा टिकाटिप्पणी गर्छन् तर उनी अहिलेसम्म सार्वजनिक रुपमा मिडिया तथा अन्य कुनै पनि कार्यक्रममा देखा परेकी छैनन्।

‘उनको सम्पूर्ण गीत सम्बन्धि कन्ट्र्याक्ट,पेमेन्ट डिल लगा यत सम्पूर्ण काम उनका श्रीमान सुन्दर मणीले नै गर्दै आएका छन्।

‘सुन्दर मणीले उनलाई दोश्रो विवाह गरेर उनको श्रम शोषण समेत गरि बन्धकमा राखेको भनेर कतिपय हल्लाहरू पनि आ रुपमा आइरहेका छन्।उनको खोजी गर्न भनेर बेलाबेलामा आवाज पनि नउठेका भने होइनन्।

‘तर उनी कहाँ छिन्,कुन अवस्थामा छिन् भन्ने बारे अझै सम्म पनि अन्योल नै छ।प्रत्येक वर्ष बिशेषगरि तीजमा हीट गीत निकाल्ने गरेकी छिन्।’

”उनले गाएका गीतहरू धेरै जसो आम नेपाली हरूको मनमुटुमा बस्न सफल भएका छन्।तर उनको गीतमा एउटा मात्रै फोटो छ त्यो पनि निकै पूरानो फोटो।यसरी आफ्नो जिन्दगी नै लोकगीत गायनमा समर्पण गरेकी विष्णु माझी किन पर्दा पछाडि जस्तो छायामा छिन् त ?

‘आज सबैले उनको खोजी गरिरहेका छन्।भर्खरै मात्रै पनि उनले गाएको तीज गीत चरी जेलैमा भन्ने गीत पाँच दिनमा २० लाखले हेरिसकेका छन्।सोही गीतको भिडियो यहाँ तल प्रश्तुत गरिएको छ,(भिडियो हेर्नुहोला)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News