९ भदौ, काठमाडौं । काठमाडौं महानगर पालिकाले सम्पत्ति कर नतिर्नेहरुको घर आँगन तथा कार्यालय परिसरमा पञ्चेबाजा बजाएर सूचना टाँस्न थालेको छ ।

‘बुधबार काठमाडौं महानगरपालिकाले न्युरोड स्थित केशा प्लाजालाई सम्पत्ति कर नतिरेको भन्दै प्लाजा परिसरमा पञ्चेबाजा बजाउँदै सूचना टाँस गरेको छ ।

गत असार १६ र साउन २४ गते सूचना प्रकाशित गरी ३० दिनभित्र कर तिर्नका लागि भनिएकोमा अटेर गरेकाले प्लाजालाई सचेत गराइएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले सात दिनभित्र कर नबुझा एमा कानून अनुसार प्लाजाका सम्पूर्ण पसल तथा व्यावसायिक गतिविधि बन्द गराउने समेत चेतावनी दिएको छ ।

“महानगरपालिकाले यसअघि नै घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गरिसकेको छ । यसअघि २० जना करदाता  को नाम सार्वजनिक गरेको थियो ।

तीमध्ये कर तिर्ने गरी प्रक्रियामा नआउने कर दाताको कार्यालय तथा घर–आँगन परिसरमा बुधबारदेखि पञ्चे बाजा बजाउने महानगरपालि काले निर्णय गरेको थियो ।

‘महानगरपालिको राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीका अनुसार ती करदाताबाट करीब ७० करोड रुपैयाँ सम्पत्ति कर उठाउन बाँकी छ ।

`नेपाल विद्युत प्राधिकरण, खाद्य संस्थान, साझा भण्डार, राष्ट्रिय नाँचघर, कर्मचारी सञ्चयकोष लगायतका सरकारी तथा सार्वजनिक निकाय तथा संस्थानले पनि कर तिर्न अटेरी गरेको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाको राजस्व विभागले लामो समयदेखि वडामार्फत भएको ताकेतालाई अटेर गरेका कारण नाम सार्वजनिक गर्नुपरेको जनाए को छ ।

‘नाम सार्वजनिक गरिएका करदाताले करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने, सम्पत्ति रोक्का ग’र्ने लगायतका का,नूनी प्र’क्रियाबाट सरकारी बाँकीसरह कर अ’सुल गरिने वि,भागका प्रमुख डा. अधिकारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News