प्रमुख  प्रति’पक्ष  दल  नेकपा  एमालेका अध्यक्ष केपी शर्मा ओलीले  ‘देश  जोगाउनका   लागि   सरकारले   अध्यादेश ल्याएको’  भन्ने   सत्ता’रुढ  नेकपा   (माओवादी  केन्द्र) का अध्यक्षपुष्पकमल दाहालको भनाइप्रति आ’पत्ति जनाएका छन् । अध्यक्ष  ओलीले  अहिलेको सरकारले देश जोगाउन का लागि अध्यादेश ल्याएको भनेर

अध्यक्ष   दाहालले बिल्कुलै झु’ट  बोलेको दाबी गर्दै देशका अगाडि  बेइमानीपूर्ण   कुरा   नग र्न पनि  चे’ता’वनी दिए । बुधबार मुलुकको पछिल्लो राजनीतिक घट’नाक्र’मलगायत का विषयमा  पत्रकार  सम्मेलन  गरी उनले पहिला आफूले जारी गरेको  अध्यादेश र  अहिले  सरकारले  जारी   गरेको अध्यादेशको उद्देश्य  र मनसाय नै फरक रहेको दा’बीसमेत गरे ।

 

आफ्नोपार्टी फुटा’उनका लागि ल्याएको अध्यादेशलाई देश जोगाउनका  लागि  भन्ने ? अध्यक्ष   ओलीको  प्रश्न थियो । उनले भने, ‘पहिले आफूले जारी गरेको अध्यादेश र अहिले जारी गरिएको अध्यादेशमा  उद्देश्यमा, मनसायमा फरक छ एकजना  मित्रले भन्नु भयो– पहिलेको र अहिलको उस्तै हो भनेर– कोही नअलमलिनु होला भनेर ।

पहिलेको  र अहिलको  अध्यादेश   उसै  प्रयोजनका  लागि उस्तै प्रयोजन, उस्तै मनसाय, उस्तै संवैधानिक प्रश्न होइन । कानुनी  हिसाबमा उस्तै होइन  यो फरक  छ । तर    उहाँले साफ  झुट  बोल्नु  भो , देशका  अगाडि  बेइमानीपूर्ण कुरा गर्नुभयो । उहाँले  चाहिँ देशका लागि । नेकपा एमाले पार्टी फुटाउन लागेको देशका लागि ? सत्ताले यस्तो,

सरकारले  राजनीतिक  पार्टीभित्र   बदनीयतका  साथ हात हालेर अनुचित  ढङ्गले कानुन  निर्माण  गरेर, अनुचित बाटो बाट कानुन   निर्माण   गरेर   प्रतिपक्ष   पार्टी फुटाउने कार्य अनैतिक  कार्य  हो,  यो नैतिक  कार्य होइन । यो बिलकुलै अनैतिक कार्य हो । त्यसकारण यस्तो अनुचित कार्य उचित होइन । देश  जोगाउनका  लागि  अध्यादेश । यो अध्यादेश नआएको भने देश के हुन्थ्यो ?

एमाले  फुटाउन  नपाएको भए देश के हुन्थ्यो ? बिलाउँथ्यो यो के  घाममा   राखेको  बरफको  डल्लो  हो ? कर्कलाको पातमा  राखिएको  पानी  हो  यो देश  खत्रक्क  झर्ने,  कहाँ खस्यो– खस्यो  थाहा  नपाउने ?  देश  जोगाउनका   लागि अध्यादेश भन्ने कुराको पनि हद हुन्छ नि । देश जोगाउनका लागि यो अध्यादेश ।  यो  वितण्डा,  असंवैधानिक क्रियाक लाप

यो अनैतिक कार्य नहुँदा देश जोगिँदैन ? यो विल्कुल गलत परिभाषा हो,  गलत  व्याख्या हो  । यस्ता गलत व्याख्यामा हामी कोही पनि पर्नु हुँदैन  भन्न  चाहन्छु ।’अध्यक्ष ओलीले वर्तमान  सरकारले  कामै  नगर्ने  दाबीसमेत   गरे ।   आफू नेतृत्वको  सरकारलाई  कामै  गर्न नदिएको दाबी गर्दै उनले वर्तमान  सरकार  आफैले   विकास   निर्माणको काम ठप्प पारेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News