‘९ भदौ, पोखरा । विश्वप्रसिद्ध पत्रिका फोर्ब्सले सार्व जनिक गर्ने विश्वका ड’लर अर्बपतिहरुको सूचीमा नेपा लका एक जना विनोद चौधरी मात्र छन् । नेपालमा पनि धेरै अर्बपतिहरु भएको चर्चा हुने गर्छ । त्यस्तै अर्बपति राजनीति क्षेत्रमै भेटिएका छन् ।

‘गण्डकी प्रदेशका मन्त्रीले बुधबार सार्वजनिक गरेको सम्प त्ति विवरण अनुसार कानुन, सञ्चार तथा प्रदेश सभा मामि ला मन्त्री विन्दुकुमार थापा पनि अर्बपति हुन् । पोखराका घरजग्गा व्यवसायी थापाको पोखरा महानगर  को प्राइम लोकेसन नयाँबजार, लेकसाइड र महेन्द्र पुलमा ६ वटा घर छन् ।

उनले करोडौं रुपैयाँ खर्चिएर नयाँबजारमै पुरानो शैलीको घर बनाएका छन् ।थापाको पोखरामा ३ वटा होटल तथा रिसोर्ट र २ वटा ब्यापारिक भवन रहेका छन् । उनले पोखरामा पोखरा बुटिक होटल प्रालि, बगैंचा रिसोर्ट र रोयल हिमालयन रिसोर्ट प्रालि सञ्चालन गर्छन् ।

‘त्यस्तै सिटी ट्रेड मल, गण्डकी ट्रेड हाउस, अंशुभरा स्क्वायर प्रालिलगायतका व्यापारिक भवन पनि उनकै नाममा छ । पोखराकै ठूलो मल मध्यमा पर्ने पोखरा ट्रेड मलमा पनि उनको लगानी छ ।’

‘पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्य क्षसमेत रहेका थापा विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी    गरेका   छन् । मेगा बैंकसँग मर्ज हुनु पहिले थापा पोखराको विश्व विकास बैंकका अध्यक्षसमेत थिए ।

‘थापा मेगा बैंकको संस्थापक शेयरधनी पनि हुन् ।थापाको मेगा बैंकको ४ लाख, ६८ हजार ५६ कित्ता, सेन्चुरी कमर्सि यल बैंकको ९१ हजार ३ सय ६७, सिद्धार्थ बैंकको ४३ हजार ७ सय ७८, लुम्बिनी विकास बैंकको ५० हजार ९ सय ९ कित्ता शेयर छ ।

यसैगरी मेगामै श्रीमती मनलक्ष्मी थापाको नाममा ५० हजार, राधा लक्ष्मी थापा क्षेत्रीको नाममा २७ हजार ३ सय ८१ र छोरा सौगात थापाको नाममा २६ हजार १ सय १६ कित्ता विभिन्न बैंकको शेयर छ ।

‘थापाले अधिकांश कारोबार श्रीमतीको नामबाट गर्ने गरेका छन् । उनको छोरा सौगात थापाको नाममा पनि व्यवसाय तथा जग्गा रहेको छ । सम्पत्ति विवरणमा थापाको पोखरा का विभिन्न ठाउँमा १ सय १८ कित्ता जग्गा रहेको देखिए को छ ।’

‘अटो मोबाइल र रियल स्टेट मेरो पुरानो व्यवसाय हो,’ मन्त्री थापाले भने, ‘मल बैंक, होटल, रिसोर्टमा लगानी गरेको छु ।’

थापाले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार ९० तोला सुन, १५ तोला हिरा र ५० तोला चाँदी उनीसँग छ । थापासँग २ करोड २५ लाख मूल्यका २ गाडी छन् । थापाले विभिन्न बैंकबाट करिब ३१ करोड रुपैयाँ ऋण लिएका छन् ।

राष्ट्र बैंकको जागिर छाडेर अटो क्षेत्र हुँदै रियल स्टेट र विभिन्न व्यवसायबाट प्रशस्त सम्पत्ति कमाएका थापा उद्योग वाणिज्य संघको अध्यक्ष को कार्यकाल सकिएपछि २०७३ सालबाट नेपाली कांग्रेसमा सक्रियता बढाएका थिए । पोखरा महानगरपालिकाको मेयर दाबी गरेका थापाले प्रदेश सभाको टिकट हात पारेका थिए ।

कास्की क्षेत्र नम्बर २ (ख)मा माओवादीका प्रभावशाली नेतामै पर्ने राजकाजी गुरुङ ‘करण’लाई हराउँदै   थापा कास्कीमा कांग्रेसबाट जित्ने एकमात्र सांसद बने । त्यस पछि झन् थापाको राजनीतिमा पनि प्रभाव थपिएको थियो ।

‘तनहुँका पाका कांग्रेस नेता डोबाटे विक मन्त्री बन्ने निश्चित भए पनि उनको सट्टा विन्दुलाई मन्त्री बनाएको भनी कांग्रेसको आलोचना भएको’Onelinekhabar..बाट।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News