१० भदौ,  काठमाडौं । नेपाली   राष्ट्रिय   फुटबल  टोलीका मुख्य  प्रशिक्षक  अब्दुल्लाह  अल्मुताइरीले  नेपाल  छाड्ने संकेत गरेका छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ  उपाध्यक्ष  र प्रशिक्षक अलमुताइरीबीचको विवादको विषयमा  राष्ट्रिय   खेलकुद  परिष  द (राखेप)को छानबिन समितिले बुधबार

प्रतिवेदन  बुझाएपछि  कुवेती नागरिक अलमुताइरीले अब पद  छाड्ने   संकेत  देखाएका   हुन्   । उनले   सामाजिक सञ्जालमा  अब  म  बाहिरिएँ   भन्ने स्ट्यास लेखेका छन् । ‘आइएम आउट.. लेट पोलिटिक्स वर्क,’ उनले लेखेका छन् । अर्थात म बाहिरिएँ, राजनीतिले आफ्नो काम गरोस् ।

बुधबार  सार्वजनिक  भएको  प्रतिवेदनमा अलमुताइरीलाई सचेत  गराउने, उनले वि’वा’दास्पद  रुपमा  राजीनामा दिने भनेर लेखेको स्ट्याटस  हटाउन परिषद्ले निर्देशन दिनेलगा यत ११ बुँदे  सुझाव दिइएको छ ।अलमुताइरीले साउन १० गते  एन्फा   उपाध्यक्ष   पंकज   विक्रमलाई दो’ष  लगाउँदै सामाजिक

सञ्जालबाटै  राजीनामा   दिने   घोषणा  गरेका  थिए । तर राजीनामा  भने  दिएनन् । छानबिन   समितिले   प्रतिवेदन दिएको सुझावमा त्यो स्ट्याटससमेत हटाउनुपर्ने उल्लेख छ सामाजिक   सञ्जालमा   हिट   अलमुताइरीले  गत चैतमा नेपालको  प्रशिक्षक  बनेयता नै समर्थकसँग समेत निरन्तर सम्पर्क बढाइरहेका छन् ।

नेपाली  राष्ट्रिय  टिम  साफ  च्याम्पियनसिप र भारतसँगको मैत्रीपूर्ण खेलको  लागि  पोदरामा  बन्द  प्रशिक्षणमा तयारी गरिरहेको  छ ।तर  यस्तो  अवस्थामा   मुख्य    प्रशिक्षक नै वि’वा’दमा  संलग्न  भएकोले  नेपाली फुटबल मैदान बाहिर तरंगित  छ । नेपालले  यही  भदौ  १७  र  २०  गते  दशरथ रंगशालामा  भारतसंग  मैत्रीपूर्ण खेल खेल्दैछ । यस्तै साफ च्याम्पियनसिप अक्टोकर १ देखि माल्दिभ्समा सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News