‘रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ घो’डाह स्थित पूर्व-पश्चिम राजमार्गको पुल भासिएको छ। अविर’ल वर्षापछि उक्त पुल भा`सिएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार पुल भासि एकोले सवारी आवागमन बन्द भएको जानकारी दिएको छ। पुल भासिएपछि भैरहवा-परासी हुँदै सवारी साधन आवागमन गराइएको छ। बिही बार साँझ  देखि परेको पानीले पूर्व-पश्चिम राज मार्गस्थित बर्दघाट सडकखण्ड पनि अवरू,द्ध छ।

त्यस्तै अविरल वर्षाका कारण नवलपरासी (बर्द घाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी म,धुसुदन सिं’हका अनुसार बिहीबार राति करिब ९ः०० बजेको समयमा डाइभर्सन बाढीले बगाएपछि पूर्णरूपमा राजमार्ग अवरुद्ध भएको हो ।

नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको हो । निरन्तर पानी परिरहेको र डाइभर्सनमा पूर्णरूपमा क्षति पुगेकाले तत्काल मर्मत गरी सञ्चालन गर्न कठिन रहेको सूचना अधिकारी सिंहले बताउनुभयो ।

यस्तै गैँडाकोट, थुम्सी, भेडाबारीलगायतका स्थानमा रहेका डाइभर्सनबाट समेत यातायात सञ्चालनमा कठिनाइ रहेको छ । बाढीका का`रण अन्य डाइभर्सनबाट समेत ‘ओभरफ्लो’ भएकाले सवारी साधन सञ्चालनमा कठिनाइ रहेको उहाँले बताउनु भयो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा समेत पहिरो गएको छ । दाउन्नेका ठाउँ–ठाउँमा पहिरो जादा राजमार्ग अवरु’द्ध भएको छ । प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरेको भए पनि पहिरो तत्काल हटाउने अवस्था नरहेको जनाइएको छ ।

अविरल वर्षाका कारण नवलपुरका विभिन्न ठाउँ डुबानमा परेका छन् । वर्षाका कार,ण हुप्सेकोट–४ मा एउटा घरमा पहिराले क्षति पु¥याएको छ ।

तीन जना सामान्य घा’इ,ते भएको प्रहरीले जनाएको छ । अविरल वर्षका कारण कावा सोती, गैँडाकोट, देवचुली, मध्यबिन्दु, विनयी त्रिवेणी, हुप्सेकोटका विभिन्न स्थान डुबानमा परेका छन् ।

बाढी, पहिरो र डुबानका कारण भएको क्षति को विस्तृत विवरण आउन बाँकी रहेको सूचना अधिकारी सिंहले बताउनुभयो ।
साभार- ताजा खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News