एक समय लोक तथा दोहोरी गीतमा तहल्का मच्चाउन सफल गायिका हुन बिष्णु माझी । उनका थुप्रै गीतहरु अझै पनि हाम्रो ओठमा झुन्डिरहेका छन । अझै पनि उनका नयाँ नयाँ गीतहरु कहिले काहीँ आउने गरेका छन ।

उनका जति पनि गीतहरु आउछन तिनले राम्रो चर्चा पाउने गरेको छ । जति चर्चा उनको गीतको हुन्छ अहिले उनी कहाँ छिन, कुन अवस्था छिन, किन बाहिर देखिदैनन भन्ने कुराको उतिनै चर्चा छ ।

सम्पुर्ण दर्शक, श्रोतले अहिले उनको बारेमा जान्न चाहिरहेका छन । तर उनको बारेमा भने केही बाहिर आउन सकेको छैन ।

‘भर्खरै उनको तिज गीत `चरी जेलैमा´ भन्ने गीत बाहिर आएको छ, जुन अत्याधिक श्रोतले रुचाए का छन । बिष्णु माझीकै श्रीमान सुन्दरमणी अधि कारिको सब्दमा रहेको उक्त

‘गीत बाहिर आए पछि भने कतै बिष्णु माझिकै जीवनकै कथा त होइन भन्ने प्रश्न गर्न थालेका छन । यस्तै प्रश्न पुण्य गौतमले पनि गरेका छन ।’

‘अहिले उनको कालो कपडाले अनुहार छोपेर गीत रेकर्ड गर्दै गरेको फोटो पनि बाहिर आएको छ । उनलाइ भौतिक सुख भए ता पनि मनमा खुशी नभएको हुन सक्ने पुन्य गौतम बताउछन ।

‘बनको चरिलाइ सुनकै पिजडामा मीठो मीठो खान दिएर राखे पनि उसलाइ बाहिरी स्वतन्त्रता नै मन पर्ने हुनाले माझीको अवस्था पनि कतै त्यस्तै छैन ? भन्दै प्रश्न गरेका छन ।

‘बिष्णु माझिलाइ श्रोतामाझ चिनाउन सुन्दरम णी अधि कारीले धेरै मेहेनत गरेकै भएता पनि उनलाइ त्यसरी जेल जस्तो जिन्दगी कटाउन बाध्य पार्न नहुने उनले पुन्य गौत मले बताए । उनले सुन्दरमणीलाई त्यसो गरेको भए तत्का ल त्यस्तो कार्य रोक्न आग्रह पनि गरे ।’

‘सम्पुर्ण नेपालीहरुले माझीलाई खोजिरहेकोले उनलाइ बाहिर ल्याएर स्वतन्त्र रुपमा कुनै कार्य क्रम लगायत ठाउमा आफ्नो प्रतिभा देखाउन दिनु पर्ने उनको माग छ’

‘घर बाट गए देखि आफुले आफ्नी छोरी देख्न अहिले सम्म नपाएको बिष्णु माझीका बाबुले बताएका छन । उनका गीतहरु थुप्रै चर्चामा भएको सुने पनि अहिले सम्म गीतमा बाहेक कतै बोली पनि सुन्न नपाएको ती बाबुले बताएका छन ।’

‘आफ्नो छोरीको गीत भनेर उस्को स्वर त्यहा बाहेक क   हि सुन्न नपाएको उनले बताए । कहाँ छिन, के गर्दै छिन, कस्तो अवस्था मा छिन त्यो केही आफुलाई थाहा नभएको उनका बाबुले बताएका छन ।’

‘बिष्णु माझिको गीत रेकर्ड इत्यादिको बन्दोबस्त भने सम्पुर्ण सुन्दरमणीले नै गर्दै आएका छन । सुन्दरमणि सगै सम्पुर्ण कुरा फिक्स भए पछि बिष्णु माझी अनुहार ढाक्ने कपडा लगाइ स्टुडि यो आएर गीत रेकर्ड गराइ जाने गरेको जानकार हरु बताउछन । (भिडियो हेर्नुस)’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News