वि.सं.२०७८   साल  भदौ  १२  गते ।  शनिबार । ईश्वी सन् २०२१ अगष्ट  २८  तारिख ।  नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष ।  तिथि– षष्ठी,  बेलुकी   ०८   बजेर  १७  मिनेट उप्रान्त   सप्तमी ।  नक्षत्र–  भरुणी,  रातको  ०४ बजेर ०५ मिनेट उप्रान्त कृतिका ।

योग–  वृद्धि,  बिहान  ०७  बजेर  ५०  मिनेट  उप्रान्त ध्रुव । करण– गर, बेलुकी  ०७ बजेर  २५ मिनेट  उप्रान्त  वणिज, बेलुकी  ०८   बजेर १ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–मेष । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४१  मिने ट,सूर्यास्त  बेलुकी ०६ बजेर २७ मिनेट दिनमान ३१ घडी ५६ पला ।

मेष    :(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)      राजनीति    तथा समाजसेवामा जनताको आ’लो’चनात्मक समर्थन रहनेछ । सोचेका   तथा  गरेका  कामहरू   समयमा  सम्पन्न   नहुँदा मानसिक तनाव बढ्नेछ ।

वृष : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) परिवार तथा आफन्तसँग भेटघाटका  क्रममा  खानपान मा ध्यान  दिनुहोला सामान्य स्वास्थ्य  सम्बन्धी  समस्या  आउन   सक्छ । पढाइ लेखाइ तपाईं आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला ।

मिथुन   :(का,की,कू,घ,ङ,छ,के,को,हा)    भौतिक सम्पत्ति तथा सवारी  साधनको  प्रयोग  गर्दा ध्यान दिनुहोला नराम्रा घ’ट’ना घट्न   सक्छ ।  प्रेममा  एक अर्का बीच वैमनस्यता बढेर जाने  योग  रहेको  छ भने जीवन साथीसँग अविश्वास बढेर जानेछ ।

कर्कट:  (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययनमा विजय हुने योग  रहेको  भने  अन्य   साथीहरूलाई   किनारा  लगाउँदै पुरस्कार हात  पार्न सकिनेछ ।  राजनीति तथा समाजसेवा मा समय दिनेहरूले पद पाउने समय रहेको ।

सिंह :  (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)     यात्रासँग  सम्बन्धित व्यवसाय  फस्टाएर  जानेछ भने आर्थिक अवस्थामा सुधार भएर  जानेछ । प्रेममा  रमाउन   चाहनेहरूका लागी  समय राम्रो रहेको ।

कन्या :  (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भौतिक  सम्पत्ति तथा रुपैयाँ  पैसा  हराउन  तथा लु’टिन सक्छ ध्यान दिनुहोला । आर्थिक   अपचलनको   मु’द्दा   मामिला आई लाग्न सक्छ काम गर्दा ध्यान दिनु जरुरी देखिन्छ ।

तुला:  (रा,री,रु,रे,रो,ता,ती,तू,ते) भौतिक सम्पत्ति जुट्नुको साथै  बिलासी  जीवन   व्यती त गर्न    सकिनेछ  । व्यापार व्यवसाय   फस्टाएर   जाने   हुनाले  मनग्गे  धन  तथा धातु सङ्ग्रह गर्न सकिनेछ ।

वृश्चिक:  (तो,ना,नी,नू,ने,नो,या,यी,यू)    पुराना    ऋणहरू सकाउँदै  नयाँ  कामको  थालनी  गर्न सकिनेछ । नोकरीमा प्रवेशको  सम्भावनालाई  नकार्न सकिने अवस्था छैन । प्रेम प्रसङ्गमा एक अर्का बीच नजिक हुने तथा रमाउन सकिनेछ ।

धनु :   (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)     पढाइ   लेखाइमा अरूभन्दा  एक  कदम अघि बढी नतिजा आफैतिर ल्याउन सकिनेछ  । बौद्धिक   व्यक्तित्वहरु    सामु  तपाईंले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ ।

 मकर    :  (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा, गी) आफन्त  तथा  आमासँग सानो सानो कुरामा वि’वा’द बढ्ने योग   रहेको  । पढ्ने   लेख्ने   कामका  खासै  मन नजाँदा अरूभन्दा पछि परिनेछ ।

कुम्भ:   (गू,गे,गो,सा,सी,सू,से,सो,दा)    व्यापार   व्यवसाय फस्टाए र जानेछ  भने  छोटो दुरीको व्यावसायिक यात्राको प्रशस्त  सम्भावना   रहेको । पुराना   समस्याहरूलाई केही समय  दिएर  सकाउन  सकिनेछ  भने  नयाँ नयाँ काम गरी रोजगारीका  अवसरहरू  सिर्जना गरेर मनग्गे आम्दानी गर्न सकिनेछ ।

मीन:   (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)    कुटुम्बबाट   तपाईंले गरेको  काममा  सहयोग  प्राप्त   हुनेछ ।   पढाइ लेखाइमा सफलता हात लाग्ने योग रहेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News