अहिले चल्दै गरेको कमेडी च्याम्पियन सिजन २ का प्रतियो गि भरतमणी पौडेल छुट्टै गेटपमा देखिएपछी दर्शकको मन धेरै जितेका छन । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ का  प्रतियोगी   भरतमणि   पौडेल   पूर्व  युवराज पारस शाहको   गेट  अपमा  देखिने भएका  छन् । शनिबार साँझ प्रसारण हुने ‘कमेडी च्याम्पियन’ को

नयाँ श्रृखंलामा उनी पूर्व युवराज शाहको गेट अपमा देखिन लागेका  हुन् ।शो  को  बिहीबार  नयाँ   ट्रेलर   सार्वजनिक गरिएको थियो । जसमा  भरतमणिको पूर्व युवराज शाहको गेटअपको  छोटो  प्रस्तुति  समेत  समेटिएको छ । समाचार तयार गर्दासम्म उक्त ट्रेलर ६ लाख ८५ हजार भ्युज पाएको छ ।

ट्रेलरमा   पौडेलको   गेटअप   पूर्व  युवराज  शाहसँग हुबहु मिल्दो देख्न  सकिन्छ । शाहकै  हाउभाउमा  उनले  प्रस्तुति समेत  दिएका   छन् । प्रस्तुतिमा   राजाको शासन समयमा कलाकार दरबार छिर्ने प्रसंगदेखि केही अगाडि पूर्व युवराज शाहको हेल्मेट का’ण्ड समेत   समेटिएको   ट्रेलरमा   देख्न सकिन्छ ।

ट्रेलर  सार्वजनिक  भएपछि  भरतमणिको यो लुक्सले चारै तिर चर्चा   पाइरहेको   छ । ट्रेल र युट्युबको   ट्रेनिङमा पर्न सफल भएको   छ । ताप्लेजुङबाट   प्रतिस्पर्धामा सहभागी पौडेल  यस  अगाडि पनि पूर्व मन्त्री गोकुल बाँस्कोटासहित थुप्रै क्या  रिकेचर  गरेर   चर्चामा   छाएका थिए ।  ‘कमेडी च्याम्पियन  २’ को  अहिले  उत्कृष्ट ४ प्रतिस्पर्धा चलिरहेको छ ।

आज प्रसारण हुने प्रतिस्पर्धाबाट पौडेल उत्कृष्ट तीनमा पर्ने नपर्ने निक्र्याैल  गर्नेछ । पौडेलसहित  उत्कृष्ट ४ मा बिक्की अग्रवाल, सन्तोष थापा,  हिक्मत  महरा पनि छन् । प्रतियो गितामा उत्कृष्ट प्रस्तुति राख्दै दर्शक तथा निर्णायकका प्रिय बन्न सफल पौडेल उपाधिका दावेदार समेत मानिन्छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News