काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबार सोल्टी मोडको प्लाटिनम होटलअघि झ्याइँ-झ्याइँ पञ्चेबाजा बजा उँदै नाचगान गर्‍यो । प्लाटिनम होटल रहेको भवनको सम्प त्ति कर नउठेपछि घरधनी नेपाल चेम्बर अफ कमर्शका नाम मा ‘छिटो कर तिर्न’ आग्रह गर्दै सूचना पनि टाँस्यो, माइकिङ पनि गर्‍यो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल भने सामाजिक संस्थाबाट समेत झ्याली पिटेर कर उठाउन जोडबल गरिरहेको महानगर पालिकाले हप्तौंदेखि फोहोर नउठाएको भन्दै असन्तुष्टि व्यक्त गर्छन् । फोहोर नउठ्दा शहर बासी र आम व्यवसायी वर्ग नै समस्यामा परिरहे को उनको गुनासो छ ।

करिब डेढ महिनादेखि उपत्यकाबाट फोहोर उठ्न सकेको छैन । अझै कति दिन फोहोर उठ्दैन भन्ने निधो नभएको काठमाडौं महानग रपालिकाका वातावरण विभाग प्रमेख हरिकुमार श्रेष्ठ बताउँछन् । आगामी तीन दिन भारी वर्षा हुने भनिएकाले पनि तत्कालै फोहोर उठ्न शुरु नहुने निश्चितजस्तै छ ।

श्रेष्ठका अनुसार झरी र हिलोले सडक अस्त व्यस्त भएपछि नुवाकोटको ओखरपौवा (सिस डोल) स्थित ल्यान्डफिल्ड साइटमा गाडी जान नसकेर फोहोर नउठेको हो । काठ माडौं महान गरपालिकाले सूचना नै निकालेर शहरवासी लाई फोहोर बाहिर ननिकाल्न भनेको छ ।

यसले गर्दा शहरबासीलाई घरभित्रै फोहोर राखेर दुर्गन्ध सहनुपर्ने बाध्यता आइपरेको छ । डेरामा बसेकाहरु झन् बढी समस्यामा छन् । होटल, रेस्टुरेन्ट लगायतका बढी फोहोर निष्कासन गर्ने व्यवसायीहरु पनि ठूलो मर्कामा छन् ।

फोहोर कोठाभित्रै राख्न नसक्ने अवस्था आए पछि कतिप यले राति-राति चोक, गल्ली, सडक र नदी किनारमा फो होर फालिरहेका छन् । यस ले सहरमा दुर्गन्ध र प्रदूषण बढेको छ ।

यही बेला काठमाडौं महानगरपालिका पञ्चे बाजा बजाउँदै सम्म्पत्ति कर नतिर्नेको घर आँगन र कार्यालय परिसरहरु मा पुगिरहेको छ ।महा नगरपालिकाका अनुसार करिब

७० करोड सम्पत्ति कर विभिन्न व्यवसायिक तथा समाजिक संस्था र सरकारी कम्पनीहरुबाट असुल गर्न बाँकी छ । कर असुलीका लागि महानगरपा लिकाले सूची सार्वजनिक गरेपछि कर उठ्न पनि थालेको छ ।

कतिपयले महामारीमा कर असुल्न ‘कटुवाल प्रथा’ दोहोर्‍या एको भन्दै आलोचना गरेपनि करबाट उन्मुक्ति दिन नसकिने महानगरपा लिकाले बताउँदै आएको छ ।

महानगरपा लिकाका राजस्व विभाग प्रमुख शिव अधि कारी पहिलो चरणमा २० करदाताको नाम सार्वजनिक गरेर ‘माइकिङ’ गरेपछि कर उठ्न थालेको बताउँछन् । कर तिर्न प्रेरित गर्न रचनात्मक ढंगले बाजा बजाउन थालिएको उनको भनाइ छ ।

व्यवसायीहरु भने कर मात्रै उठाउन ध्यान दिने महानगरको शैलीप्रति असन्तुष्ट छन् । न्युरोडमा महानगरपालिकाको नाचगान हेरेका मिठाइ व्यवसायी सुरेन्द्र सरदार कर तिर्न जाँदा फोहोर पनि महानगर कर्यालयकै ढोकामा लगेर छोड्नु पर्ने अवस्था आइसकेको बताउँछन् ।

‘कर उठाउन यत्रो तामझाम गरेर टोली पठाइए को रहेछ, यसरी आउँदा फोहोर उठाउने गाडी पनि लिएर आउनुस् भनेर नगर प्रहरीलाई नै भनेको छु,’

उनले भने, ‘फोहोर राख्ने ठाउँ भरिसक्यो, फोहोरको गाडी आउँदैन, अब कर तिर्न जाँदा मेयरको कार्यालयको ढोकामै लगेर फोहोर छोड्नुपर्ने हो ?’नेपाल समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News