ओखलढुंगा १२भदौ । नेपाली काग्रेसका नेता पूर्व सासद रामहरी खतिवडा विहेमा सहभागी हुन हेलिकप्टर लिएर ओखलढुंगा पुगेका छन ।

मध्य पहाडी लोकमार्गमा पहिरो झरेर बाटो अवरुद्ध भएपछि पूर्व सांसद रामहरी खतिवडा, चम्पादेवी गाउपालिकाका प्रमुख नवराज केसी, महासमिति सदस्य अशोक कार्की लगायतका नेताहरु नेपाली काङ्ग्रेस प्रदेश नं १ तरुण

बिभाग सदस्य युवा नेता भुवन राउतको विहेको निम्तो मान्न ओखलढुंगाको रानीवन पुगेका हुन ।
विहेको निम्तो मान्न ओखलढुंगा पुगेका खतिवडा ले बैबाहिक जीवनमा बाँधिएका राउत दम्पत्ति लाई सुखमय दाम्पत्य जीवनको शुभकामना समेत दिएका छन् ।

हेलिकप्टरमा सवार खतिवडाले विहेमा सहभागी भइ काठमाडौ फर्कदै गर्दा एक विरामी महिलाको उद्धार समेत गरेका छन ।

यता मध्ये पहाडी लोकमार्गमा पहिरो खस्दा खुर्कोट घुर्मी सडकखण्ड अब,रुद्ध हुदा यात्रुहरु बीचबाटोमा अलपत्र परेका छन ।

सडक अवरु,द्ध हुदा नेताहरु त हेलिकप्टरमा यात्रा गर्लान तर सर्वसाधरण तथा विरामी यात्रुहरु के गर्लान ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News