पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल सोमबार (भोलि) अपराह्न भारतको नयाँ दिल्लीबाट काठमाडौं फर्कने भएका छन् । मृगौलामा सम स्या भएपछि स्वास्थ्य उपचारका लागि नेता खनाल गत असार २ गते भारतको दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका थिए ।

स्वास्थ्य अवस्थामा सुधार आएसँगै नेता खनाल काठमाडौं फर्कन लागेको उनको निजी सचिवालयले जनाएको छ । सं,क्रमण तथा मृगौलामा समस्या उत्पन्न भएपछि गत जेठ २१ गते उनी काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भए का थिए ।

भा,इरस,को सं,क्रमण देखिएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराएका नेता खनालको मिर्गौलामा समेत समस्या देखिएपछि गत असार २ गते नयाँ दिल्ली लगिएको थियो।

नेकपा एमालेको आन्तरिक विवाद विभाजनको अवस्थामा पुगेपछि खनालले आफू नयाँ पार्टी (नेकपा एकीकृत समाजवादी)को पक्षमा रहेको घोषणा गरिसकेका छन्।

एमाले विभाजन गरी एकीकृत समाजवादी गठनका लागि निर्वाचन आयोगले बुधबार नेताहरुको सनाखत समेत गर्न लागेको छ। खनालले नयाँ पार्टी गठनका लागि दिल्लीबाट सनाखतका लागि निवेदन दिएका थिए।

तर, निर्वाचन आयोगले भने आयोगमै सशरीर उपस्थित नहुनेलाई सनाखतमा समावेश गर्न नसकिने निर्णय गरेको छ।”साथै अहिले सम्म लागेको खर्च सरकार ले बेहोर्न भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News