काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटा ले नेकपा एमालेले कारबाहीका लागि सिफारिस गरेका १४ सांसद लाई कारबाही नगर्ने निर्णय गर्नुभएको छ ।’

‘निर्वाचन आयोगले १४ जना सांसदसहित नयाँ दल गठन भइसकेको जानकारी दिएकाले एमाले ले सिफारिस गरेका १४ जनालाई कारबाही गर्नु नपर्ने निर्णय सभामुख सापको टाले गर्नुभएको संसद् सचिवालयले जनाएको छ ।’

‘एमालेले कारबाहीको सिफारिस गरेका १४ सांसदसहित नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भइसकेको अवस्था मा राजनीतिक दल र अन्य कानुनअनुसार उनीहरूलाई कारबाही गर्न नपर्ने सभामुखले बताउनुभएको सचिवाल यले जनाएको छ ।

‘पार्टीको ह्विप नमानेको भन्दै यही भदौ १ गते एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका १४ जना सांसदलाई कारबाही गर्ने निर्णय गर्नुभएको थियो ।

‘तर यसअघि नै सर्वोच्च अदालतले पार्टीको ह्विप नमानेकै कारण सांसदहरूलाई कारबाही गर्न नमिल्ने फैसला गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News