१४ भदौ , काठमाडौं । नेपाली  कांग्रेसका नेता गगनकुमार थापाले  आसन्न  १४औं  महाधिवेशनमा   महामन्त्री  पदमा उम्मेदवारी  दिने  घोषणा  गरेका   छन् ।सोमबार काठमाडौं महानगरपालिका  वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको  भेलालाई  सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् ।

१३औं  महाधिवेशनमा  पनि  थापा  महामन्त्रीमा उम्मेदवार बनेका   थिए । त्यसबेला   सिटौला   समूहबाट   उम्मेदवार बनेका उनले ५८४  मत पाएका थिए ।उनका ससुरा अर्जुन नरसिंह   केसी   शेरबहादुर   देउवा समूहबाट महामन्त्रीका उम्मेदवार  थिए । तर  रामचन्द्र पौडेल समूहका डा. शशांक कोइराला  निर्वाचित  भएका  थिए ।  थापा  यो  पटक कुन समूहबाट उम्मेदवार बन्ने अझै टुंगो लागेको छैन ।

यो पनि ,,,  ज्योती   मगर । नेपाली   लोकदोहोरी    गीतमा उत्तेजक प्र  स्तुतिका कारण वि’वा’ द  र  चर्चामा रहने एक गायिका । ज्योती म  गर भन्ने वित्तिकै छोटा पहिरन लगाएर दुई अर्थ  दिने शब्द   प्रयोग गरिएका गीत  सार्वजनिक गर्ने गायिका  भनेर  धेरैले  वुझ्थे  र  आज  पनि वुझ्छन् । स्टेज कार्यक्रममा त झन्, ज्योतीको गायकीको भन्दा उनको

हाउभाउ र  पहिरनको  चर्चा बढी हुने गर्दथ्यो । ज्योती पनि के कम, उत्ताउला पहिरन   लगाएर   दर्शकलाई मनोरञ्जन दिन खुबै माहिर ।  ज्योती मगरका गीतलाई लिएर दर्शकले समेत तिखो आ’लोच’ना गर्दथ्य । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा उ नको गीतको बिषयमा थुप्रै पटक उजुरी समेत परेको थियो ।

तर,   ज्योती  मगर  आफ्नो शैली र  अडान  छाड्ने  मुडमा थिइनन् ।पछिल्लो  केही   समयदेखि   नेपाली लोकदोहोरी गीतले शैली  फेरेको छ । प्रकाश सपुतदेखि विष्णु माझीका गाउँघरका  भाका  टपक्क   टिपेर  बनाइएका गीतले श्रोता तथा दर्शकको मन  जितेका  छन्  ।समय अनुसार बदलिनु पर्छ भन्ने सोच सायद, ज्योतीमा पनि आएको हुनुपर्छ ।

उनले     हालसालै  सार्वजनिक  गरेको    ‘माईतीको   मया बरीलै’ले यो  कुराको   आभा  ष दिएको छ ।  शनिबारमात्रै सार्वजनिक  गीतमा  ज्योती मगरको शब्द, संगीत, स्वर एवं अभिनय छ  ।यो गीत  सुन्दा र भि’डियो हेर्दा धेरैलाई लाग्न सक्छ , ज्योती मगरको शैली ३६० डिग्रीमा फनक्कै घुमेको छ । भिडि’योमा  पनि  धेरैले  ज्योती   फेरिएको  प्रतिक्रिया दिएका छन् ।

गायिका  ज्योती   मगरले  आफू  नफेरिएको  बताउँदै    जे सिर्जना  भयो  सोही   बजामा ल्याएको प्रतिक्रिया दिइन् । उनले ।अनलाइनखबरसँग   भनिन् –‘म   फेरिएकी होइनँ । जतिबेला  जे  सिर्जना  हुन्छ  त्यही   ल्याउने   हो  । कहिले डान्सिङ्ग खालका गीतहरु आउलान्, कहिले सेन्टिमेन्टल ।’

यसवर्ष  पनि  उनका ‘पोई छैन जोई छैन’, ‘मितिनी’, ‘पर्दैन हेर्नलाई ऐना’  , ‘घाघरु घोडा घोडा’, ‘बनारसी साडी लगाय तका तीज  गीत सार्वजनिक   भैसकेका   छन्  । त्यसमध्ये आफ्नै  लगानीमा  उनले  फरक  खालको  ‘माइतीको मया बरिलै’  बोलको तीज गीत सार्वजनिक गरेकी हुन् । गीतमा तीजमा माईत जान नपाउँदाको चेलीको बेदनालाई मार्मीक रुपमा प्रस्तुत गरिएको छ ।

गायिका ज्योतीले गाउँमा आमा, हजुरआमाहरुको मुखबाट सुन्ने गरेका  कुराहरुलाई  गीतमा  उतारेको बताइन् । स्मृति तिमिल्सिना  (गुरुआमा) को   निर्देशनमा  बनेको    गीतको भिडियो   पनि   राम्रो  बनेको  छ । भि’डि’योमा ज्योतीका साथमा रितिका कुवँर लगायतका कलाकारको अभिनय छ ।

यो गीतको भिडियोले  अपेक्षित भ्यूज नपाएपनि लोकदोहो री  क्षेत्रमा   सर्जकहरु   पनि  यसलाई मौलिक गीत भन्छन् गायक  बद्री पं गेनीले ज्योतीको यो गीत आफूलाई यसवर्ष सबैभन्दा  मन  परेको  गीत  भएको  बताएका छन् । उनले भि’डियो  फेसबुकमा  शेयर  गर्दै  लेखेका  छन्– ‘मान्छेको आ–आफ्नो बिचार, धारणा र बुझाई हुन्छ ।

मेरो  नजरमा  यो बर्ष मलाई सबैभन्दा मनपरेको तीज गीत माईतीको  माया  बरिलै  हो । शब्द,  संगीत, स्वर, अभिनय अनि    भिडियो  उत्कृष्ट   लाग्यो । हामी   संगीतमा  यथार्थ खोज्छौं,   त्यो यथार्थ यो गीतमा छ । बधाई छ बैनी ज्योती मगर,  रितिका  कुँवर  अनि  स्मृती तिमीलाई । बैनी ज्योती तपाइबाट नेपाली

गीत  संगीतले  यस्तै  सृजनाको  अपेक्षा  गरेको छ गायिका ज्योती  धेरैबाट   राम्रो प्रतिक्रिया   पाउँदा   खुसी   लागेको बताउँछिन् ।  उनले  यसअघि  अरुका सेन्टिमेन्टल गीतहरु सुन्ने गरेकोमा  अहिले  यस  गीत सुन्दा    आफैला  आनन्द लाग्न थालेको  बताइन् ।उसो त यस प्रकारको गीत ल्याउने तयारी  गरिरहँदा  ज्योतीलाई  धेरैले   यस्तो  गीतको  भ्यूज खासै नजाने बताएका थिए ।

तर,  ज्योतीले  भने यो गीत आफूले भ्यूजका लागि नगरेको बताइन् । अजय  रेग्मीको  छायाँकन   रहेको   भिडियोलाई पदम सुवेदीेले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News