काठमाडौं, १४ भदौ । सत्तारुढ गठबन्धनका दलहरु बीच मन्त्रालय बाँडफाँडमा समस्या आएको छ । यसअघि बनि सकेको सहमति विपरित ग”ठबन्धन का नेताहरु ले बढी” मन्त्रालय र आकर्षक मन्त्रालयको दाबी गरेपछि समस्या आएको हो ।नेपाली काँग्रेसले कम्तिमा १० मन्त्रालय साथ

मा रहनुपर्ने अडान राखेको छ । प्र”धानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशन नजिकिए कोले आन्तरिक व्यवस्थापनको विषय उठाएको बुझिएको छ । काँग्रेसबाट प्रधानमन्त्रीसहित २ मन्त्री र १ राज्यमन्त्री छन् अब कम्तिमा ६ मन्त्रालय आफै राख्ने देउवाको तयारी

छ ।तर, दोस्रो ठूलो दल भएको नेकपा माओवादी केन्द्रले पनि ८ मन्त्रालयको दाबी गरेको छ । प्रतिनिधि सभा मा” प्रतिनिधित्वका आधारमा मन्त्रालय बाँडफाँड हुनुपर्ने माओ वादी प्रस्ताव रहेको बुझिएको छ ।६१ सांसद रहेको काँग्रेस ले पाएको भन्दा केही कममात्र आफूले पाउनुपर्नेमाओवादी

पक्षको अडान रहेको छ । काँग्रेसले १० पाएमा आफूहरुले ८ पाउनुपर्ने माओवादी पक्षको अडान रहेको विश्वस्त स्रोत ले बताएको छ।प्रतिनिधि सभाका २३ सांसद रहेको नेकपा एसले कम्तिमा ६ मन्त्रालयको दाबी गरेको छ । नेपाललाई आन्तरिक व्यवस्थापनका लागि ५ मन्त्री र १ राज्यमन्त्रीमा

दे”उवाले सहमति गरिसकेको बुझिएको छ । तर, उपेन्द्र यादवले पनि माधव नेपाललाई जतिकै मन्त्री पाउनु पर्ने अडान राखेका छन् । १९ सांसद रहेकाले माधव नेपाल बराबर नै हुनुपर्ने यादवको तर्क रहेको बुझिएको छ मन्त्री को संख्यामै समस्या आएको छ । मन्त्रालयहरुमा मौखिक सहमति लगभग बनिसकेपनि आकर्षक मन्त्रालयहरुमा सबै दलको दाबी देखिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News