काठमाडौं । नेकपा एमालेमा संघर्ष चल्दा दोस्रो तहका नेताहरु माधव नेपालको साथमा थिए । तर जब माधव नेपालले नयाँ पार्टी दर्ता गरे उनलाई साथ दिँदै आएका दोस्रो तहका नेताहरु उनीसंग थिएनन् । नेपाललाई तेस्रो तहका नेता र कार्यकर्ताले मात्र साथ दिए । सुरु देखि अन्त्य सम्म साथ दिए एक नेता थिइन् रामकुमारी झाँक्री ।’

‘अखिल देखि पार्टीको केन्द्र सम्म आइपुग्दा झाँक्रीले धेरै नेताहरुसंगै काम गरिन् । उनी अखिलमा रहँदा नेता ठाने का अखिलकै नेताहरु पनि माधवको साथ छोडेर अन्त्यमा ओलीको पक्षमा गएपछि झाँक्री एक्लै भएकी छन् । यस्तो अवस्थामा लामो समय पछि फेरी भेटिएका ति ने’ताहरुको अगाडी झाँ’की्रले आँशु झारेकी छन् ।’

‘विभाजन अघिसम्म उपमहासचिव घनश्याम भुसालसहितका १० स्थायी कमिटी सदस्य माध वकै पक्षमा थिए । तर, विभाजनको संघारमा उनीहरूले नेपालको साथ छोडे । युवा पुस्ताका समकालीन र केहीको जुनियर मानिने झाँक्री माधव खेमामा पुगिन् ।

‘पार्टी फुटे पनि समकालीन र युवा पुस्ताका अग्रज नेतासँग उनको साथ छुट्ने कुरै भएन । झाँक्री घनश्यामलाई भेट्न उनकै नेतृत्वमा रहे को नेपाल अध्ययन केन्द्रमा भेट्न पुगिन् ।’

‘घनश्याम सँग सामान्य शिष्टाचारपछि सुरु भयो झाँक्रीको गुनासो । सँगै रहेका एक नेताले बताए अनुसार सुरुमा झाँक्रीले पार्टी फुटेकामा घन श्यामसँग चित्त दुखाइन् ।

लगत्तै युवा पुस्ताका आफ्ना समकक्षी र आफू भन्दा सिनियर नेताको साथ छुटेकोमा दुःखी पनि भइन् । घनश्यामले जब नेपालका केही कमीकमजोरी र आफूले साथ छोड्नु परेको बाध्यता सुनाए, झाँक्रीले तरक्क आँसु खसालिन् । झाँक्रीको भनाइ थियो, ‘सबैसँगको साथ छुट्यो, म एक्लो भएँ ।’

ती नेताकाअनुसार त्यसपछि अनौपचारिक संवादमा बसेका सबै नेताका आँखा रसाए । तर, कसैले पनि एकअर्कालाई दो,ष दिएनन् । गाली गरे त मात्र मूल नेतृत्वलाई ।

‘झाँक्रीले घनश्याम भुषालसमक्ष आँसु खसाले को भोलि पल्ट अर्थात् १३ भदौमा भुसाल र योगेश भट्टराई, ठाकुर गैरेलगायतका नेताले छलफल गरे, नेरास्ववियुका पूर्वपदा धिकारीसँग ।

‘पूर्वपदाधिकारी सचिवालयका सदस्यसमेत गरेर ५४ जना अखिलका नेताकार्यकर्तासँग घनश्याम र योगेशले पालै पालो पार्टी विभाजन र मूल पार्टी मै बस्नुपर्ने बाध्यताबारे तीन घन्टा कार्यकर्तालाई आश्वस्त पारे ।

‘भट्टराईले नेपालको साथ किन छोड्नपर्‍यो भनेर बताइ रहँदा प्रसंग झिके चीनका लागि पूर्वराजदूतसमेत रहेका नेता टंक कार्कीको । नेपालले भूमिगतकालमा कार्कीलाई १० वर्ष भन्दा बढी समय कसरी भूमिकाविहीन बनाए भनेर बेलीविस्तार लगाए, योगेशले । र, उनले कार्कीजस्ता थुप्रै नेताको प्रसंग निकाल्दै निस्कर्ष सुनाए( यसरी नै अन्याय गर्छन् माधवले, त्यहीँ भएरसँगै बस्न सकिएन ।

भुसालले सैद्धान्तिक विषय उठान गर्दै नेपालसँग को सहकार्य टुट्नमा आफ्नो अन्तिमसम्मको कसरत फेल भएको र रोएर छुट्टिनुपरेको बताए । उनको भाषणको बीचैमा उठिन् अखिलकी पूर्वउपाध्यक्ष भक्तकुमारी लामा ।

‘लामाको प्रश्न थियो, ‘भोलि केपी ओलीसँग फेरि रोएर छुट्टिनुपर्ने दिन आयो भने के गर्ने कमरेडरु’ भेलामा सहभागी अखिलका एक नेताका अनु सार भुसालले यसको स्पष्ट जवाफ त दिएनन् । तर, पार्टीभित्रै संघर्ष गर्नुको वि,कल्प अब नरहेको सुनाए ।

‘हतास भएका नेताहरूले नेपालकै अघि आँसु खसाल्दै अब धेरै विवाद नगरौँ भने तर नेपालले अडान छाडेनन् । अन्ततः पार्टी विभाजन भएरै छाड्यो । ती नेताकाअनुसार नेपाल निवासमा सबैभन्दा बढी चित्त दुखाएर आँसु झार्ने नेता भने गो`कर्ण थिए । [न्यु’ज कारखाना]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News