नर्भिक  अस्पताल,  थापाथलीमा  उपचाररत  मोडल निशा घिमिरेको  स्वास्थ्यमा अपेक्षित सुधार नभएको अस्पतालले जानकरी दिएको छ  । आज अस्पताल परिसरमा आकस्मि क पत्रकार   सम्मेलनको  आयोजना  गर्दै निशाको स्वास्थ्य अवस्थामा  उद्धार  गरिएको  ३  महिनासम्म  पनि अपेक्षित सुधार हुन नसकेको जानकारी दिइएको हो ।

अस्पतालका  प्रमुख  कम्यूनिकेशन एण्ड  पीआर सोमनाथ बास्तोलाले  जारी  गरेको   विज्ञप्तीमा   निशाको    स्वास्थ्य अवस्था स्थिर  रहेको उल्लेख गरिएको छ ।उद्धार गरिएको केही  दिनसम्म निशाको स्वास्थ्यमा सु’धार हुने केही लक्षण देखिएपनि अहिले भने अवस्था स्थिर नै रहेको अस्पतालले जनाएको छ ।

विज्ञप्तीमा  भनिएको  छ– ‘निशाको    उपचारमा  लगातार नेपाल र नर्भिकमा  उपलब्ध  सबै   खालका प्रविधि,  सीप तथा विधिको  प्रयोग  गरिसकिएको छ । तर, पनि स्वास्थ्य अवस्थामा  खासै  सुधार देखिएको छैन । अहिले कलाकार घिमिरेको  स्वास्थ्य  अवस्था   स्थि र छ ।’नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले केही

समाजसेवीहरुको   सहयोग लिएर  जेठ  २७  गते निशाको उद्धार  गरि  नर्भिक   अस्पतालमा   उपचा र सुरु  गराएकी थिइन् । हालसम्म निशाको उपचारका लागि ५० लाख बढी खर्च भएको समेत  जानका री दिएको  छ ।नर्भिकले निशा को उपचारका लागि बाहिरी सहयोगको आवश्यकता नपर्ने बताउँदै  सहयोग र’कम संकलन नगर्न पनि अ’नुरोध गरेको छ ।

निशाको   स्वास्थ्य   अवस्थाको  सबै   खालको विकल्पको बिषयमा समेत  सोच्नुपर्ने  अवस्था   आएको   अस्पतालले जानकारी   दिएको छ । निशाको स्वा स्थ्य अवस्था स्थिर नै रहने हो भने एक  राम्रो   रिहा ब सेन्टरको आवश्यकता पर्ने समेत नर्भिक अस्पतालले जनाएको छ।दु’र्घट’नाका कारण निशाको  ब्रे न इन्जुरी    भएको र अवस्था निक्कै नै जटिल रहेको

समेत  उपचारमा संलग्न डाक्टर पंकज जलानले जानकारी दिएका   छन् ।  निशाको   स्वास्थ्य   अवस्था   पूर्ण  रुपमा सामान्य नहुने  समेत  अस्पतालले   जानकारी दिएको छ ।दुर्घटनापछि  निशाको  ब्रेन निक्कै ड्यामेज भएको र लामो समयसम्म  उपचारविहिन   अवस्थामा   राखिएकाले   पनि अहिले सबै कोशिशका बाबजुत अवस्थामा अपेक्षित सुधार

नआएको    पत्रकार सम्मेलनमा   जानकारी  दिइयो  यस्तै, पत्रका  र सम्मेलनमा    नीशाका  पिता  प्रेम घिमिरेले भने– ‘बाहिर बजारमा   छोरीको  बिषयमा   अनावश्यक कुराहरु सार्वजनिक  भैरहेका  छन् । यसले  , हामीलाई पनि तनाव दिएको  छ । देश  तथा  विदेशबाट   फोन आइरहेको  हुन्छ यसैले भ्रम’पूर्ण हल्ला नफै’लाइदिन म अनुरोध गर्दछु ।

३ बर्ष  अगाडि    अध्ययनका   लागि भारत  पुगेकी मोडल घिमिरे  कार दु’र्घ’ट’नामा   परेकी  थिइन् । उनको दु’र्घट’ना लगतै  केही  समय   भारतमा   उपचार   भएपनि  आर्थिक अभावका कारण  उनको  परिवारले नेपाल ल्याएर उपचार गराएको  थियो । तर, विगत   केही समयदेखि निशा अचेत अवस्थामा घरमै थिइन् ।

निशाको  तस्वीर सार्वजनिक भएपछि नर्भिक अस्पतालकी प्रवन्ध  निर्देशक  मेघा   चौधरीले   उनको उपचार निःशुल्क रुपमा सुरु गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News